आगामी तीन दिनभित्र प्रदेश सरकारले विश्वासको मत लिन्छ : कोशीका मुख्यमन्त्री थापा « Khabarhub

आगामी तीन दिनभित्र प्रदेश सरकारले विश्वासको मत लिन्छ : कोशीका मुख्यमन्त्री थापा


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आगामी तीन दिनभित्र सरकारले विश्वासको मत लिने बताएका छन् । शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले उपयुक्त समय हेरेर गठबन्धन दलसँग छलफल गरी विश्वासको मत लिने प्रष्ट पारे ।

उनले अवरुद्ध सदनलाई सञ्चालन राख्न, विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गर्न तथा रोकिएको बजेटलाई सदनमार्फत कार्यान्वयन गर्नेजस्ता कार्य वर्तमान सरकारको प्राथमिकतामा रहेको बताए ।

मुख्यमन्त्री थापाले सरकारले आवश्यकताअनुसार मन्त्रालय थपघट गर्नसक्ने चर्चा गर्दै गठबन्धन दलबीच छलफल गरी सहमतिका आधारमा मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिए ।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारमा सहभागी गराउन विभिन्न चरणमा छलफल चलिरहेको बताउँदै वर्तमान सरकारलाई समर्थन दिएर दुर्घटनाबाट जोगाउने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री थापाले राप्रपाबाट वर्तमान सरकारलाई जनताका पक्षमा कार्य गर्नका लागि आवश्यक साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ८ : ३४ बजे

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

लमजुङ – हिउँदे वर्षाका कारण पहिरो जाँदा यहाँ मध्यपहाडी लोकमार्गअन्तर्गत

भूकम्पपीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस मनाइँदै

काठमाडौँ– आज भूकम्पपीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस हो । यो दिवस

काठमाडौँमा शासन गरेका यलम्बरको सालिक राजधानी बाहिर किन ?

नेपालको राजनीतिक इतिहासमा प्रारम्भिक चरणका धेरै ऐतिहासिक विवरणहरु अझै पनि

सञ्चारमन्त्रीको एक महिना : ११ हजार सट्टेबाजी एप बन्द

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारको १०० बुँदे

कांग्रेसको आह्वानमा विपक्षी दलहरूको बैठक बस्दै

काठमाडौँ– सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्ययादेश ल्याउने