अपेक्षाभन्दा कमको प्रस्ताव आउँदा लुकाकुलाई युनाइटेडले छाडेन « Khabarhub

अपेक्षाभन्दा कमको प्रस्ताव आउँदा लुकाकुलाई युनाइटेडले छाडेन


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-इङ्ग्लीस क्लब म्यान्चेस्टर युनाइटेडले स्टार खेलाडी रोमेलु लुकाकुका लागि इन्टर मिलानको प्रस्ताव अस्वीकार गरेको छ ।

मिलानले युनाटेडसँग लुककुका लागि ६० मिलियन युरोको प्रस्ताव ल्याएको थियो । तर, युनाइटेडले आफ्ना स्टार स्टाइकरलाई ६० मिलियन युरोमा बेच्न चहाएन । युनाइटेडले अपेक्षा गरेको भन्दा कमको प्रस्ताव आएपछि युनाइटेडले लुकाकुलाई नछाडेको जनाइएको छ ।

२ वर्ष अगाडि एभरटनबाट युनाइटेडमा आएका लुकाकुका लागि युनाइटेडले ७५ मिलियन पाउण्डमा भित्र्याएको थियो । शनिबारको सरुवा बजारमा इन्टरका प्रशिक्षक एन्टोनियो कोन्टेले लुकाकुलाई टिममा लिन असफल भएपनि अझै पनि आफ्नो पहिलो नम्बरमा लुकाकु नै रहेको बताएका छन् ।

‘मैले उनलाई राम्रो खेलाडीका रुपमा लिएको छु । जसले हाम्रो टिममा राम्रो सुधार गर्न सक्छन्,’ प्रशिक्षक कोन्टेले भने,‘मेरो तर्फबाट उनी हाम्रो टिममा आउनेमा आशावादी छु ।’

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ८ : २८ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु