एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक २२ गतेसम्मलाई स्थगित « Khabarhub

एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक २२ गतेसम्मलाई स्थगित


१८ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले बिहीबार बसेको राष्ट्रियसभाको बैठक अवरोध गरेका छन् ।

प्रतिनिधिसभामा साउन १० देखि अवरोध गरिरहेको एमालेले बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको राष्ट्रियसभाको बैठक शुरू हुने बित्तिकै एमालेका सांसदले विरोध जनाएका हुन् । 

बैठकको सुरुमा बोल्दै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले गत साउन ३ गते त्रिभुवन विमानस्थल बाहिरबाट बरामद भएको एक क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाइनुपर्ने माग गरेका छन् । 

सांसद श्रेष्ठले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरे। उच्चस्तरीय छानबिन समिति गठन नहुँदासम्म राष्ट्रिय सभाको बैठक अगाडि बढाउन नहुने उनको भनाइ थियो।

त्यसपछि अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाको बैठकको कामकारबाही अघि बढाउन खोजेका थिए। एमाले सांसदले विरोध जारी राखेपछि राष्ट्रियसभा बैठक साउन २२ गते बस्ने गरी स्थगन भएको छ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार  १ : ५० बजे

ईश्वरी हत्याकाण्ड : डिभोर्सको अन्तिम चरणमा सम्पत्ति बाँडफाँटमा असन्तुष्टि

काठमाडौं– कुमार थापा मगरले ईश्वरी भुजेलसँग सानै उमेरमा प्रेम बिवाह

‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’

काठमाडौं– नेपाल सरकारले दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा

कीर्तिपुरको होल्डिङ सेन्टरमा जन्मेको शिशुलाई निमोनिया, आईसीयूमा उपचार हुँदै

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित होल्डिङ सेन्टरमा जन्मिएका एक नवजात शिशुमा निमोनिया

युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा

तेहरान- पाकिस्तानका आन्तरिक मामिलामन्त्री मोहसिन नक्वी इरानका विदेशमन्त्री अब्बास अराघचीसँग

संघदेखि प्रदेशसम्मका सांसदहरूलाई चाहियो पीए र सहयोगी कर्मचारी

टीकापुर– संघीय संसद तथा प्रदेश सभाका सांसदहरूले आफ्नो संसदीय कामलाई