हिन्दू धर्म अंगालेकी इण्डोनेसियाकी राजकुमारी भन्छिन्– मन्दिरमा प्रार्थना गर्दा जस्तो शान्ति अन्त मिल्दैन « Khabarhub

हिन्दू धर्म अंगालेकी इण्डोनेसियाकी राजकुमारी भन्छिन्– मन्दिरमा प्रार्थना गर्दा जस्तो शान्ति अन्त मिल्दैन


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इन्डोनेसियाकी राजकुमारी कान्जेङ्ग रादेन आयु महिन्द्रानी कूवीदयान्थी परामासीले मन्दिरमा प्राथना गर्दा सुख र शान्ति मिल्ने भन्दै बालीमा हिन्दू आश्रम बनाउने बताएकी छिन् ।

सन २०१७ मा हिन्दू धर्म ग्रहण गरेकी उनले हिन्दु मन्दिरमा गएर प्रार्थना गर्दा शान्ति प्राप्त हुने भएको हुँदा आफू पूजाआजामा तल्लिन रहँदै आएको बताएकी छिन् । उनी सन १९६१ मा इटालीको रोममा जन्मेकी हुन् ।

संगीतलाई माया गर्ने र पियानोमा लत भएकी यी राजकुमारी कम्पोजर पनि हुन् । उनी जाभाको सुधी वादानी नामको परम्परागत सांस्कृतिक विधिका बीच सन् २०१७को जुलाई १७ बाट हिन्दु भएकी थिइन् ।

इण्डोनेसियामा अल्पसंख्यक समूहले हिन्दूधर्म मान्दै आएका छन् । सन् २०१०को जनगणना अनुसार इण्डोनेसियामा १.७ प्रतिशत मानिस हिन्दू रहेकोमा बालीमा भने ८३ प्रतिशत हिन्दु छन् । सुधी वादानी नामको साँस्कृतिक विधिबाट राजकुमारीलाई हिन्दू पूजारी इदा सारी गलेह विकु श्री भगवान पुत्र नाथ नव वंश पेमायुनले शुद्धीकरण विधि अपनाएर राजकुमारीलाई हिन्दू बनाएका थिए ।

त्यतिबेला नारायण मन्त्र वाचन गरिनुका साथै गायत्री मन्त्रपनि उच्चारण गरिएको थियो । इण्डोनेसियामा हिन्दू लगायत ६ धर्मलाई आधिकारिक मान्यता रहेको छ ।

इन्डोनेसिया मुस्लिम देश हो । जहाँका धेरै मानिस इस्लाम धर्म मान्छन् । तर त्यहाँकी राजकुमारी भने सनातन धर्म मान्दै आएकी छिन् ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ८ : ४८ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल