इलाममा राष्ट्रिय परिचयपत्र वितरण सुरु « Khabarhub

इलाममा राष्ट्रिय परिचयपत्र वितरण सुरु


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

इलाम- इलाममा राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको हो । विवरण पेस भई राष्ट्रिय परिचयपत्र छापिएर आएपछि प्रशासनले वितरणको काम सुरु गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले बताए ।

उनले पहिलो चरणमा पाँच सय थान परिचयपत्र आएकाले सोही वितरण गर्न सुरु गरिएको जानकारी दिए । जिल्लाबाट फारम भरी पेस भए पनि पहिलो चरणमा पाँच सय राष्ट्रिय परिचयपत्र तयार भएर जिल्लामा आएको उनले बताए ।

उनका अनुसार अरू अब क्रमशः आउनेछ । यो परिचयपत्र लिन व्यक्ति स्वयं आउनुपर्ने हुन्छ । प्रशासनले ‘फिङ्गर प्रिन्ट’ रुजु गर्न र पिन नम्बरसमेत रहेकाले परिचयपत्र लिन आफै आउनुपर्ने जनाएको छ ।

कार्यालयमा एक हजार सात सय ७९ परिचयपत्र आएको भए पनि सुरुमा पाँच सय थान वितरण गरिने जनाइएको छ । जिल्ला प्रशासन कार्यालयमै आएर फोटो खिचाएको परिचयपत्र वितरण गरिने प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ३ : २७ बजे

टोखाबाट १९ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– टोखा नगरपालिका-३ बस्ने तिल सरा पुर्जाको घरबाट सुनका विभिन्न गरगहना

हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या

धोबी खोलो सफाइमा उत्रिए हर्कका समर्थक (तस्बिरहरू)

काठमाडौं– धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि