भारतीय सर्वोच्च अदालतद्वारा राहुल गान्धीको सजायमा रोक, सांसद पद पुनर्बहाली हुने « Khabarhub

भारतीय सर्वोच्च अदालतद्वारा राहुल गान्धीको सजायमा रोक, सांसद पद पुनर्बहाली हुने


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतीय सर्वोच्च अदालतले कांग्रेस पार्टीका नेता राहुल गान्धीको सजायमा रोक लगाएको छ । यससँगै उनको सांसद पद पुनर्बहाली हुने भएको छ । जिल्ला अदालतको आदेश उल्ट्याउँदै सर्वोच्चले गान्धीको सजायमा रोक लगाएको हो ।

‘मोदी’ थर भएका मानिसहरुको अपमान गरेको गरेको आरोपमा गुजरात राज्यका विधायक पूर्णेश मोदीले उनीविरुद्ध मुद्दा दायर गरेका थिए । ‘सबै चारेको सरनेम किन मोदी हुन्छ ?’ भन्ने अभिव्यक्ति दिएको भन्दै परेको रिटमा गुजरातको सुरत जिल्ला अदालतले गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको थियो ।

जिल्ला अदालतको उक्त आदेशसँगै उनको सांसद पद खारेज भएको थियो । यसै मुद्दामा मुद्दामा जिल्ला अदालतले सुनाएको फैसला कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको हो ।

तर, शुक्रबार सर्वोच्चले कांग्रेस नेता गान्धीमाथि यथेष्ट प्रमाणबिनै २ वर्षको सजाय सुनाइएको भन्दै उनको सजायमा रोक लगाएको हो । साथै, सर्वोच्चले गान्धीलाई त्यस्ता टिप्पणी गर्नुअघि विचार पुर्‍याउनसमेत भनेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ४ : ५० बजे

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय

प्रधानमन्त्री राष्ट्रसंघमा जान तयार : सरकारले थाल्यो तयारी, भोटेकोशी बाढी र जलवायु परिवर्तन मुख्य मुद्दा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाने

बाढीपीडितलाई पूर्व प्रधानन्यायाधीश श्रेष्ठद्वारा राहत वितरण : जलवायु न्यायका लागि विश्वसँग आवाज उठाउनुपर्नेमा जोड

नुवाकोट– भोटेकोशी नदीको बाढीबाट प्रभावित भई ज्यान गुमाएका तथा विस्थापित भएका

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली

विदेशबाट बाढी पीडितलाई सहयोग दिनेका लागि छुट्टै खाता चलाउन निर्देशन

काठमाडौं- सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा