आदिवासी जनजाति महासंघले आन्दोलनको रुपमा विश्व आदिवासी दिवस मनाउने « Khabarhub

आदिवासी जनजाति महासंघले आन्दोलनको रुपमा विश्व आदिवासी दिवस मनाउने


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल आदिवासी जनजाति महासंघले पहिचान र अधिकार सुनिश्चिताका लागि जनजाति आन्दोलनको रुपमा विश्व आदिवासी दिवस मनाउने भएको छ ।

महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी आन्दोलनमा सहभागी बनौँ, परम्परागत ज्ञान सीपको प्रवर्द्धन गर्दै पुर्ख्यौली भूमि, भाषा र संस्कृतिको संरक्षण गरौँ’ भन्ने मूल नाराका साथ साउन २४ गते २९ औं विश्व आदिवासी दिवस मनाउने जनाएको हो । यस वर्ष संयुक्त राष्ट्रसंघको मूलनारा भने ‘आत्मनिर्णयका लागि परिर्वतनका संवाहक आदिवासी युवा’ भन्ने रहेको छ ।

दिवसका अवसरमा विभिन्न जातीय समुदायहरूको झाँकी तथा र्‍याली प्रदर्शन गरिने, फुड फेस्टिभलहरू आयोजना गरिने एवं विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने महासंघका महासचिव दिवस राईले जानकारी दिए । दिवसको अवसरमा काठमाडौंमा आयोजना गरिने मूल समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने उनले बताए ।

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले कोशी प्रदेशमा पहिचानको मुद्धाका लागि आन्दोलन गरिएको र अहिलेसम्मको अवस्थामा आन्दोलन सफल भएको महसुस गरिएको बताए । उनले पहिचानको मुद्दामा महासंघ अग्रमोर्चामा उभिने उल्लेख गरे ।

विश्वका आदिवासीहरूले हरेक वर्षको ९ अगस्टलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसको रुपमा मनाउने गर्दछन् । संयुक्त राष्ट्रसंघले अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रुपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ६ : ५३ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित