सुन प्रकरण : विभागबाट फाइल आएपछि सिआइबीले थप अनुसन्धान थाल्ने | Khabarhub Khabarhub

सुन प्रकरण : विभागबाट फाइल आएपछि सिआइबीले थप अनुसन्धान थाल्ने


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एक सय किलो सुन तस्करी प्रकरणबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले थप अनुसन्धान गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि सिआइबीले उक्त प्रकरणमा सङ्गठित अपराध र अन्तरदेशीय अपराधको सन्दर्भमा अनुसन्धान गर्न लागेको हो ।

नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले राजस्व अनुसन्धान विभागबाट आवश्यक फाइल उपलब्ध भएपछि सिआइबीले अनुसन्धान थाल्ने जानकारी दिए ।

विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’मा हालेर ल्याइएको अन्दाजी १०० किलो सुन बरामद गरेको थियो ।

उक्त घटनामा एक जना प्रहरी उपरीक्षकको सहयोग लिएर विभाग आफैँले अनुसन्धान गरिरहेको थियो । अहिलेसम्म उक्त घटनामा संलग्न रहेको आरोपमा १८ जनालाई पक्राउ गरी विभागले अनुसन्धान गरिरहेको छ ।

विभागका महानिर्देशक नवराज ढुङ्गानाले विभागबाट एक चरणको अनुसन्धान गरिएको र उक्त प्रकरणमा थप अनुसन्धान सिआइबीबाट गर्ने विषयमा महान्यायाधिवक्ताको कार्यालयसँग छलफल गरेर अघि बढ्ने बताए ।

हिजो साँझ प्रधानमन्त्री दाहालले गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुख तथा सम्बद्ध अधिकारीसँगको छलफलमा उक्त प्रकरणको थप अनुसन्धान सिआइबीबाट गर्न निर्देशन दिएका थिए।

उक्त छलफलमा विभागबाट एक चरणको अनुसन्धान गरी निष्कर्षमा पुर्याएको र बाँकी सङ्गठितलगायत आर्थिक अपराधमा थप अनुसन्धान सिआइबीबाट गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ९ : ५३ बजे

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार

एनपीएलको ट्रफीलाई जानकी मन्दिरमा पूजापाठ गरी नगर परिक्रमा

धनुषा – जनकपुरधाममा नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफीको आज पूजापाठ