ढुंगा लागेर बैतडीमा एक बालकको मृत्यु « Khabarhub

ढुंगा लागेर बैतडीमा एक बालकको मृत्यु


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

धनगढी– बैतडीमा सडकमाथिबाट खसेको ढुंगा लागेर एक बालकको मृत्यु भएको छ। सिगास गाउँपालिका ४ रक्सौनका ९ वर्षीय रेशम विकको सडकमाथिबाट खसेको ढुंगा लागेर मृत्यु भएको हो।

देउलेक–कान्धार सडक अन्तर्गत गुरलधार भन्ने स्थानबाट खसेको ढुंगा लागेर विकको मृत्यु भएको प्रहरीको भनाइ छ। सडक तलतिर बालबालिका खेलीरहेको अवस्थामा कच्ची सडकमाथिबाट एक्कासि ढुंगा खसेको थियो। शुक्रबार दिउँसो बालबालिकाहरू खेलीरहेको अवस्थामा खसेको ढुंगा लागेर रेशमको घटनास्थलमै मृत्यु भएको हो।  

जनाधार आधारभूत विद्यालयमा कक्षा १ मा पढ्ने रेशम कलिलै उमेरमा अस्ताएपछि अहिले परिवार शोकमा छ। घरमा उनकी आमा मात्रै रहेको बताइएको छ। रेशमका बुवा दिपक लुहार रोजगारीको सिलसिलामा भारतमा रहेका छन्। 

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ५ : ४१ बजे

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर