अब ३ हजार दिराम तलब भएका नेपाली कामदारले युएईमा परिवार लैजान पाउने | Khabarhub Khabarhub

अब ३ हजार दिराम तलब भएका नेपाली कामदारले युएईमा परिवार लैजान पाउने


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीअन्तर्गत संयुक्त अरब ईमिरेट्स (यूएई) गएका नेपालीसहित अन्य देशका आप्रावासी श्रमिकले कमाइको आधारमा परिवारका सदस्य लैजान पाउने भएको छन् । मासिक ४ हजार दिराम कमाउने विदेश श्रमिकले आफ्नो परिवार पनि लैजान पाउने नयाँ नियम युएईको कानुन मन्त्रालय लागू गर्ने भएको छ ।

कम्पनीले बसोबासको नि:शुल्क व्यवस्थापन गरेको हकमा भने मासिक ३ हजार दिराम तबल हुने कामदारले पनि परिवार लैजान पाउने व्यवस्था गरिएको छ । यसअघि मासिक ४ हजार ५ सय दिराम आम्दानी भएका विदेशी श्रमिकले मात्र परिवार लैजाने पाउने व्यवस्था थियो ।

उक्त व्यवस्थाअनुसार यसअघि उच्च पद तथा आम्दानी भएका कामदारले मात्र परिवारका सदस्य आफूसँगै लैजान पाउँथे । नयाँ नियम लागू भएपछि पद आवश्यक नपर्ने, तर युएई सरकारले निधारण गरेको तलब सुविधा भने पाएको हुनुपर्ने भएको छ ।

युएईमा काम गर्ने अप्रवासी कामदारले श्रीमान अथवा श्रीमती र १८ वर्षभन्दा कम उमेरका अविवाहित छोराछोरी लैजान पाउने छन् । यस्तै, यूएईले स्थानीय नागरिकलाई कामका पहिलो प्राथमिकता दिने नीति पनि लिन रोजगारदातालाई अपिल गरेको छ ।

नयाँ नीतिले लामो समयदेखि परिवारसँग टाढा रहेका विदेशी कामदारलाई सहयोग पुग्ने यूएईको विश्वास छ । पछिल्लो समय यूएई आउनेहरुको लागि कामदार भिसा प्रणालीमा केही नियमहरु परिमार्जन गरिएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  १० : ४१ बजे

जेन-जी आन्दोलनका क्रममा जलेको अर्थ मन्त्रालयमा रंगरोगन सुरू (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा क्षति पुगेको अर्थ मन्त्रालयमा रंगरोगनको काम

बसाइँसराइ बढेपछि सुनसान ‘कर्लिम गाउँ’

बागलुङ– ‘यति धेरै जग्गाजमिन सबै बाँझो भयो, गाउँभरिका घर सबै

विश्वका प्रमुख मिडियामा जेनजी आन्दोलनको चर्चा

काठमाडौं – नेपालमा २०८२ भाद्र २३ मा सुरु भएको जेन

प्राविधिक शिक्षामा जोड दिँदै भोजपुरका सामुदायिक विद्यालय

भोजपुर– भोजपुरका सामुदायिक विद्यालयहरूले प्राविधिक शिक्षामा जोड दिएका छन् ।

पशु चौपायामा फैलिएको खोरेत रोग नियन्त्रणमा

बागमती– हेटौँडा उपमहानगरपालिकासहित मकवानपुरका विभिन्न स्थानीय तहमा किसानले पालेका पशु