वनलाई समृद्धिसँग जोड्नुपर्छ : वनमन्त्री महतो « Khabarhub

वनलाई समृद्धिसँग जोड्नुपर्छ : वनमन्त्री महतो


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले वनलाई नेपालको समृद्धिमा योगदान पुर्‍याउने माध्यमका रुपमा अघि बढाइने बताएका छन् ।

नेपालको कूल भूभागको ४५ प्रतिशत क्षेत्र ओगटेको वनले अब समृद्धिमा योगदान पुर्‍याउने गरी काम गर्नुपर्नेमा उनको जोड थियो । राउण्ड टेवल नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री महतोले संस्थाले हरियाली देश बनाउन गरेको योगदानका लागि प्रशंसा गरे। साथै उनले परा–पर्यावरणका लागि तीन वटै तहका सरकारले जिम्मेवारी बोधका साथ काम गर्नुपर्ने बताए ।

मन्त्री महतोले सरकारका तीनै तहका निकाय र सरोकारवालाबीच समन्वय भइ वन जोगाउने र देशको समृद्धिमा यसको योगदान बढाउन भूमिका निर्वाह गरिने बताए।

 उनले भने, ‘नेपालको ४५ प्रतिशत भूभाग वनले ओगटेको छ । वनलाई पनि नेपालको आर्थिक समृद्धिमा योगदान पुर्‍याउने भरपर्दो माध्यम बनाउनुपर्छ । हामी जिम्मेवार निकायका सबैबीच समन्वय भएर काम भइरहेको छ । हरियो वन नेपालको धन भन्ने नारालाई पूरा गर्नका नवीन ढङ्गले काम गर्नुपर्छ ।’ 

सो क्रममा मन्त्री महतोले हरेक व्यक्तिको जन्मदिनलाई सम्झनलायक बनाउनका लागि स्थानीय तहसँगको समन्वयमा ‘बर्थ–डे पार्क’ बनाउन सकिने अवधारणा सुनाए । उनले भने, ‘वृक्षरोपणसँगै यसको संरक्षण पनि ठूलो कुरा हो । यतातर्फ हाम्रो ध्यान जान जरुरी छ ।’

अहिले नेपालमा विदेशबाट ठूलो मात्रामा काठ आयात भइरहेको तर स्वदेशमै भएका काठ कुहिएर जानु दुःखको विषय भएको बताउँदै उनले वनलाई समृद्धिसँग जोडेर जानुपर्नेमा जोड दिए। उनी वनलाई आम्दानीको माध्यम बनाउनुपर्ने र वनलाई अब मुलुकको समृद्धिसँग जोड्नुपर्ने भनाइ राखे । 

काठमाडौं महानगर-१२ का अध्यक्ष बालकृष्ण महर्जनले महानगरले हराभरा काठमाडौँ बनाउने उद्देश्यले एक लाख बिरुवा रोप्ने घोषणा गरेको र सोहीअनुसार काम भइरहेको बताए । संस्थाका राष्ट्रिय अध्यक्ष राहुल अग्रवाल, अन्तर्राष्ट्रिय अध्यक्ष जयन्त अग्रवालले संस्थाले गरेका काम र आगामी योजनाबारे प्रकाश पार्दै संस्थाले प्रतिबद्धता जनाएको भन्दा झण्डै दोब्बर बिरुवा रोप्न सफल भएको जानकारी गराए । 

राउण्ड टेबल नेपालले यसअघि एक लाख वृक्षरोपण गर्ने घोषणा गरेकोमा निर्धारित समयमा झण्डै दोब्बर बिरुवा रोपन गरेको हो । सो अवसरमा विद्यालय परिसरमैमन्त्री महतोले वृक्षरोपण पनि गरेका थिए ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ३ : ३६ बजे

व्यास नगरपालिकाद्वारा दीर्घरोगीलाई सहयोग

तनहुँ– तनहुँको व्यास नगरपालिकाले दीर्घरोगीलाई ३९ लाख रुपैयाँ भत्ताबापत सहयोग

समिति बैठकमा अर्थमन्त्री वाग्ले सहभागी हुँदै, समसामयिक आर्थिक विषयमा छलफल हुने

काठमाडौँ – संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा

सेनाबाट च्याम्ताङ–घोङ्गप्पा सडक हस्तान्तरण

सङ्खुवासभा– सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित च्याम्ताङ–घोङ्गप्पा सडक निर्माण सम्पन्न भएको छ

स्कटल्यान्डविरुद्ध ओपन कुशल भुर्तेल आउट : विनोद र अर्जुनलाई निरन्तर अवसर

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेपालले

विजयले तमिलनाडुको राजनीतिमा कसरी उथलपुथल ल्याइदिए ?

काठमाडौं- दक्षिण भारतको राजनीति र फिल्म उद्योगबीचको सम्बन्ध निकै पुरानो