महाकालीमा पानीको बहाव बढ्यो « Khabarhub

महाकालीमा पानीको बहाव बढ्यो


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर –महाकाली नदीमा पानीको सतहले सतर्कता विन्दु नाघेको छ। पानीले सतर्कता बिन्दु नाघेपछि बनबासा पुलमा चार पाङ्ग्रे सवारी आवतजावत बन्द गरिएको छ।

पुल जीर्ण भइसकेकाले महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेकभन्दा माथि नाघेपछि बनबासा पुलमा सवारीसाधन आवतजावतमा बन्देज लगाउँदै आइएको छ। शारदा ब्यारेजको बनबासा पुलमा चार पाङ्ग्रे सवारी आवतजावत बन्द भएपछि नेपाल–भारतमैत्री बस सेवा अन्तर्गत महेन्द्रनगरबाट हरिद्वार र दिल्ली चल्ने बस यतिबेला पुलको वारी नै रोकिएका छन्।

आज बिहान १० बजेदेखि महाकाली नदीको जलस्तर बठ्न सुरु भएकोमा साँझ ४ बजेको मापनअनुसार महाकाली नदीमा पानीको बहाव १ लाख ६३ हजार ९ सय ५० क्युसेक पुगेको छ। अहिले पनि जलस्तर बढ्नेक्रममै रहेको बताइएको छ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ८ : १९ बजे

‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत

जनकपुरधाम- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता

विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा

लमजुङ- नेपाली समाजमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको विजयादशमी

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन- दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल

दक्षिणी सीमामा हतियार थप्ने किम जोङ उनकी बहिनीको चेतावनी

सोल- उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने

नवरात्रको अन्तिम दिनः सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना

काठमाडौँ- शारदीय नवरात्र अथात् दुर्गा पक्षको दशौँ दिन दसैँ घर