केदारनाथ पहिरोमा बेपत्ता जुम्लाका ११ जनाको पहिचान « Khabarhub

केदारनाथ पहिरोमा बेपत्ता जुम्लाका ११ जनाको पहिचान


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतको उत्तराखण्डको गौरीकुण्डमा गएको पहिरोमा परि बेपत्ता भएका ११ जना नेपालीको परिचय खुलेको छ । जुम्लाको पातारासी गाउँपालिका–३ चौर गाउँका एकै परिवारका ७ जना सहित ११ जनाको परिचय खुलेको हो ।

बेपत्ता भएका व्यक्तिहरूमध्ये जुम्ला पातारासी गाउँपालिका–२ पेरे गाउँका ५५ वर्षीय धर्मराज बुढा, २४ वर्षीय चन्ने कामी सोही गाउँका ३० वर्षीय अमर बोहरा, उनकी श्रीमती अनिता बोहरा, छोरीहरू सलिता बोहरा (११ वर्षीया)‚ पिंकी बोहरा (९ वर्षीया), प्रीति बोहरा (७ वर्षीया), छोराहरू जटिल बोहरा (४ वर्षीय) र ओकिल बोहरा (२ वर्षीय) छन्।

बेपत्ता भएकामध्ये कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको शनिवार पहिचान खुलेको थियो । बेपत्ताहरुको खोजी भइरहेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  १० : १६ बजे

एसिया कप : सेमिफाइनका दुई खेल आज हुँदै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको सेमिफाइनलका दुई खेल

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित

रवि लामिछाने आज छुट्ने

काठमाडौं – सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

निर्वाचन आउन ७६ दिन बाँकी : समावेशी प्रतिनिधित्व गराउन कानूनमा संशोधन

काठमाडौं – समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर