संसदको गतिरोध अन्त्यका लागि सभामुखले शीर्ष नेताहरूसँग छलफल गर्दै « Khabarhub

संसदको गतिरोध अन्त्यका लागि सभामुखले शीर्ष नेताहरूसँग छलफल गर्दै


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको गतिरोध अन्त्यका लागि प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै छन् ।

सभामुख घिमिरेले आज संसद बैठक बस्नु अघि मध्याह्न १२ बजे आफ्नै कार्यकक्ष सिंहदरबारमा प्रमुख दलका शीर्ष नेतालाई छलफलमा बोलाएका हुन् । संसद बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

सभामुख घिमिरेले हिजो संसदको गतिरोध हटाउने विषयमा दलका सचेतकहरूसँग छलफल गरेका थिए । तर, छलफलमा सत्तापक्ष र प्रतिपक्ष दुवैले सुन तस्करी प्रकरणका विषयमा आ–आफ्नो अडान कायम राखेपछि छलफल निष्कर्षविहीन भएको थियो ।

एक क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल एमालेका कारण साउन १० देखि संघीय संसदका दुवै सदन अवरुद्ध छन् । 

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ८ : १० बजे

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको