अनुदानको मल बढी मूल्यमा बिक्री गर्नेलाई कारबाही « Khabarhub

अनुदानको मल बढी मूल्यमा बिक्री गर्नेलाई कारबाही


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

कास्की – कास्कीमा नेपाल सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्रीवितरण गरेका दुई संस्थालाई कारबाही गरिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा आज बसेको बैठकले अमरसिंह सुलभ कृषि सामग्री पसल र पोखराको शिवालय चोकस्थित उपभोक्ता सहकारी सङ्घलाई रु २०/२० हजार जरिवाना गरेको हो ।

नेपाल सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्री गरेको सूचनाका आधारमा आइतबार पोखरा महानगरपालिकाको मल वितरण व्यवस्थापन समितिले अनुुगमन गरेको थियो । अनुुगमनका क्रममा बढी मूल्यमा बिक्री गरेको पाइएपछि आज जिल्ला प्रशासन कार्यालयमा छलफलका लागि बोलाइएको थियो । अमरसिंह सुलभ कृषि सामग्री पसलमा रहेको २५ बोरा युरिया, ६ बोरा डिएपी र पाँच बोरा पोटास जफत गरी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा फिर्ता गरिएको छ ।

त्यस्तै आफ्नो कार्यक्षेत्रबाहिर ठूूलो परिमाणमा मल बिक्री गर्ने उपभोक्ता सहकारी सङ्घ लिमिटेड पोखरा–८ को अनुदानको मल बिक्रेता अनुमति खारेज गर्ने निर्णय भएको पोखरा महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । पोखरा महानगरपालिका मल वितरण व्यवस्थापन समितिका संयोजक पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा आइतबार अनुगमन गर्दा अनुदानको मल तोकेको मूल्यभन्दा रु १५ बढीमा बिक्री गरेको फेला परेको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ९ : ५६ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी