रोबोटले खोस्दै छ लाखौं मानिसको जागिर « Khabarhub

रोबोटले खोस्दै छ लाखौं मानिसको जागिर


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सन् २०३० को दशकमा रोबोट तथा अन्य अटोमेटिक प्रविधिका कारण ३० देखि ४० प्रतिशत कामदार विस्थापित हुने एक अध्ययनले देखाएको छ ।

रोबोट तथा अन्य प्रविधिको विकासले सन् २०३० सम्म विश्वको कुल ग्राहस्थ उत्पादनमा १५ ट्रिलियन (१५ हजार अर्ब) डलरको योगदान पुग्ने एक अनुसन्धानले देखाएको छ । लन्डनस्थित प्रसिद्ध कम्पनी प्राइस वाटरहाउस कुपरले २९ देशका दुईलाख विभिन्न सेक्टरको कामलाई प्रविधिले पार्ने प्रभावबारे गरेको विस्तृत अध्ययनले उक्त तथ्य देखाएको हो ।

अनुसन्धानमा सन् २०२० को दशकमा प्रविधिको पूर्ण विकास भइ सन् २०३० को दशकमा रोबोट तथा अन्य अटोमेटिक प्रविधिले ३० देखि ४० प्रतिशत कामदार विस्थापित गर्ने उल्लेख छ । उक्त अनुसन्धानले बेलायतको रोजगार ३० प्रतिशत, अमेरिकाको ३८ प्रतिशत, जर्मनीको ३५ प्रतिशत, जापानको २१ प्रतिशत अटोमेटिक प्रविधिले लिने भविष्यवाणी गरेको छ ।

यस्तो प्रविधिले प्रभाव पार्ने क्षेत्रहरु यातायात तथा स्टोरेजमा ५६ प्रतिशत, औद्योगिक उत्पादनमा ४६, थोक तथा खुद्रा व्यापारमा ४४ र स्वास्थ्य तथा सामाजिक कार्यमा १७ प्रतिशत छन् ।

न्यून सीप भएका कामदारलाई यस्तो प्रविधिको विकासले सबैभन्दा बढी असर पर्नेछ। रोबोट तथा प्रविधिको विकाससँगै स्नातक तथा यसभन्दा बढी योग्यता भएका कामदार मध्ये १२ प्रतिशतको रोजगारी जोखिममा रहनेछ भने यसभन्दा कम दक्षता भएको ४६ प्रतिशत कामदारको जागिर प्रविधिले खोस्ने अनुमान गरिएको छ।

सन् २०३० को सुरुवातमा यस्तो प्रविधिको विकासले बेलायतको करीब एक करोड जनशक्तिलाई प्रत्यक्ष प्रभाव पार्न सक्ने
कुरा ध्यानमा राख्दै कामदारको दक्षता बढाउन सिपको विकास गर्नुपर्नेमा जोड दिइएको छ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  १२ : २५ बजे

कुनै दललाई नचिढ्याउने पक्षमा रास्वपा

काठमाडौं– अबको एक हप्तापछि देशमा नयाँ सरकार बनाउने कसरत चलिरहेको

‘लालीबजार’ गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक

काठमाडौं – नायिका स्वस्तिमा खड्का स्टारर फिल्म ‘लालीबजार’को पहिलो गीत

धुलिखेल–खावा सडक : चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

काभ्रे- अरनिको राजमार्गअन्तर्गत काभ्रेस्थित धुलिखेल–खावा सडक खण्डको स्तरोन्नतिलाई तीव्रता दिइएका

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुर– कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१०

रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ