रोबोटले खोस्दै छ लाखौं मानिसको जागिर | Khabarhub Khabarhub

रोबोटले खोस्दै छ लाखौं मानिसको जागिर


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सन् २०३० को दशकमा रोबोट तथा अन्य अटोमेटिक प्रविधिका कारण ३० देखि ४० प्रतिशत कामदार विस्थापित हुने एक अध्ययनले देखाएको छ ।

रोबोट तथा अन्य प्रविधिको विकासले सन् २०३० सम्म विश्वको कुल ग्राहस्थ उत्पादनमा १५ ट्रिलियन (१५ हजार अर्ब) डलरको योगदान पुग्ने एक अनुसन्धानले देखाएको छ । लन्डनस्थित प्रसिद्ध कम्पनी प्राइस वाटरहाउस कुपरले २९ देशका दुईलाख विभिन्न सेक्टरको कामलाई प्रविधिले पार्ने प्रभावबारे गरेको विस्तृत अध्ययनले उक्त तथ्य देखाएको हो ।

अनुसन्धानमा सन् २०२० को दशकमा प्रविधिको पूर्ण विकास भइ सन् २०३० को दशकमा रोबोट तथा अन्य अटोमेटिक प्रविधिले ३० देखि ४० प्रतिशत कामदार विस्थापित गर्ने उल्लेख छ । उक्त अनुसन्धानले बेलायतको रोजगार ३० प्रतिशत, अमेरिकाको ३८ प्रतिशत, जर्मनीको ३५ प्रतिशत, जापानको २१ प्रतिशत अटोमेटिक प्रविधिले लिने भविष्यवाणी गरेको छ ।

यस्तो प्रविधिले प्रभाव पार्ने क्षेत्रहरु यातायात तथा स्टोरेजमा ५६ प्रतिशत, औद्योगिक उत्पादनमा ४६, थोक तथा खुद्रा व्यापारमा ४४ र स्वास्थ्य तथा सामाजिक कार्यमा १७ प्रतिशत छन् ।

न्यून सीप भएका कामदारलाई यस्तो प्रविधिको विकासले सबैभन्दा बढी असर पर्नेछ। रोबोट तथा प्रविधिको विकाससँगै स्नातक तथा यसभन्दा बढी योग्यता भएका कामदार मध्ये १२ प्रतिशतको रोजगारी जोखिममा रहनेछ भने यसभन्दा कम दक्षता भएको ४६ प्रतिशत कामदारको जागिर प्रविधिले खोस्ने अनुमान गरिएको छ।

सन् २०३० को सुरुवातमा यस्तो प्रविधिको विकासले बेलायतको करीब एक करोड जनशक्तिलाई प्रत्यक्ष प्रभाव पार्न सक्ने
कुरा ध्यानमा राख्दै कामदारको दक्षता बढाउन सिपको विकास गर्नुपर्नेमा जोड दिइएको छ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  १२ : २५ बजे

सौर्य जहाज दुर्घटना पीडितका प्रश्नै प्रश्न, गृहमन्त्रीले भने : फेरि जाँच हुनुपर्छ, सहयोग गर्छु

काठमाडौँ– सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको न्यायिक जाँच गर्न माग गर्दै

रुसको रियाजानमा कारखाना विस्फोट : २० जनाको मृत्यु, १३४ घाइते

एजेन्सी – रुसको रियाजान क्षेत्रको शिलोभ्स्की जिल्लामा अवस्थित एक कारखानामा

बोको हरामका संस्थापकका छोरा चाडबाट पक्राउ

एजेन्सी– बोको हरामका संस्थापकका कान्छा छोरालाई चाडबाट पक्राउ गरिएको छ

नेपाल र चीनका तीन गाउँबीच ‘जीवन्त गाउँ परियोजना’मा सम्झौता

काठमाडौं– चाइना फाउन्डेसन फर रूरल डेभलपमेन्ट (सिएफआरडी)को १०औँ वार्षिकोत्सवका अवसरमा