फाइनलमा म्यानमारविरुद्ध जीत निकाल्दै ट्रफी उचाल्ने नेपालको लक्ष्य « Khabarhub

फाइनलमा म्यानमारविरुद्ध जीत निकाल्दै ट्रफी उचाल्ने नेपालको लक्ष्य


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । भारतमा जारी हिरो गोल्ड कप महिला अन्तराष्ट्रिय प्रतियोगिताको फाइनल खेलमा आज (शुक्रवार) नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ ।

भारतको कालिङ्गा रंगशालामा हुने खेलमा नेपाली महिला टोलीले उपाधि उचाल्ने लक्ष्यसहित मैदान उत्रिन लागेको हो । नेपाली समयअनुसार आज बेलुका ६ बजेर १५ मिनेटमा खेल शुरु हुनेछ ।

लिग चरणको पहिलो खेलमा म्यानमारसँग ३—० गोल अन्तरले पराजित नेपालले दोस्रो र तेस्रो खेलमा उत्कृष्ट लय समातेको थियो ।

लिगको दोस्रो खेलमा नेपालले भारतमाथि ऐतिहासिक २—१ गोल अन्तरको जीत हासिल गरेको थियो । जुन खेलमा नेपालले महिला फुटबलको इतिहासमै पहिलोपटक भारतलाई उसैको भूमिमा पराजित गरेको हो ।

लिगको अन्तिम खेलमा नेपालले इरानमाथि नेपालले ३—० गोल अन्तरको शानदार जीत हात पारेको थियो ।

तर, फाइनलमा म्यानमारविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै नेपाली महिला टोलीले ऐतिहासिक जीत हात पार्ने लक्ष्य लिएको खेलाडी तथा प्रशिक्षकले बताएका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ११ : १० बजे

राष्ट्रपतिले प्रधानमन्त्रीलाई भने : संयमतापूर्वक परिस्थिति साम्य पार्नुहोस्

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे बालेन

काठमाडौं – प्रधानमन्त्री बालेन शाह राष्ट्रका नाममा सम्बोधन सम्पन्न गरेलगत्तै

राजनीतिक दलसँग सहकार्य गर्दै हिंसा रोक्न सरकारलाई देउवाको सुझाव

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले केही दिनयता मधेशका

प्रधानमन्त्रीको सम्बोधन : सद्भाव खलबल्याउने गतिविधिविरुद्ध कडा कदम चाल्छौं (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै सुनसरीको देवानगञ्ज, सिरहा

सुनसरी घटनाको निष्पक्ष छानबिन हुन्छ, दोषीले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका