लम्पी स्किनको सङ्क्रमणबाट कर्णालीमा साढे दश हजार पशु मरे « Khabarhub

लम्पी स्किनको सङ्क्रमणबाट कर्णालीमा साढे दश हजार पशु मरे


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कर्णाली- लम्पी स्किन सङ्क्रमणका कारण कर्णाली प्रदेशमा साढे दश हजार पशु चौपाया मरेको पशुपक्षी विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका निमित्त निर्देशक कृष्णप्रसाद पङ्गेनीका अनुसार दुई लाख २७ हजार दुई सय ६७ बाच्छाबाच्छी, गाई, गोरु, भैसी र चौरी सङ्क्रमित भएमध्ये यही साउन २१ गतेसम्म प्रदेशका दश जिल्लामा १० हजार चार सय ५० पशु चौपाया मरेका हुन् ।

“पछिल्लो समय कालीकोट, जुम्ला र डोल्पामा पनि लम्पी स्किनका कारण पशु चौपाया मरेका छन्”, उनले भने । उनका अनुसार जाजरकोटमा २३ हजार ६५ पशुमा यो रोगको सङ्क्रमण देखिएकोमा दुई हजार आठ सय ७७ मरेका छन् । साथै कालीकोटका २९ हजार पाँच सय ४१ सङ्क्रमित पशुमध्ये एक हजार ५८ पशु चौपाया मरिसकेका छन् । हुम्लामा कूल १३ हजार पाँच सय ९८ पशु चौपाया सङ्क्रमित भएकोमा प्राप्त एक हजार ९८३ मरिसकेका छन् ।

पशु चिकित्सक डा सविना मल्लका अनुसार सुर्खेतमा २९ हजार पाँच सय ४१ सङ्क्रमित पशुमध्ये एक हजार ५८ र सल्यानमा ३४ हजार चार सय ७९ सङ्क्रमित पशुमध्ये एक हजार २३ मरिसकेका छन् । साथै दैलेखमा ७५ हजार तीन सय ६६ सङ्क्रमितमध्ये छ सय २१ पशु चौपाया मरिसकेका छन् ।

साथै जुम्लामा १४ हजार ४१ सङ्क्रमितमध्ये पाँच सय ७३, डोल्पामा सात हजार पाँच सय २९ सङ्क्रमितमध्ये पाँच सय ४३, रुकुम पश्चिममा १७ हजार छ सय ४१ सङ्क्रमितमध्ये चार सय ६९ पशु मरिसकेका छन् ।

निर्देशक पङ्गेनीले बढ्दै गएको लम्पी स्किनको सङ्क्रमण नियन्त्रण गर्न आवतजावतमा बन्द गरिएको र घाउ खटिरा आएका पशुमा मलहम लगाउने गरिएको बताए । साथै सबै जिल्लामा पशु प्राविधिक खटाइएको उनको भनाइ छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका प्रवक्ता धनबहादुर कठायतले लम्पी स्किन रोगबाट सङ्क्रमित दुई लाख २७ हजार दुई सय ६७ पशुबस्तुमध्ये एक लाख ५५ हजार एक सय १८ को उपचार गरिएको र १३ हजार ४६ मा खोप लगाइएको जानकारी दिए ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ३ : ०२ बजे

लामिछानेको रिट ’हेर्दाहेर्दै’मा बिहीबार सुनुवाइ हुने

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

भयावह मूल्यवृद्धि रोक्न पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन कांग्रेस महामन्त्री पौडेलको आग्रह 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असर

‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने

गण्डकी– तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना

हत्या गरेको अभियोगमा एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ

कास्की– मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई आइतबार प्रहरीले