सुन तस्करी प्रकरणबारे सरकारी छानबिनमा अविश्वास नगरौँ : सांसद शर्मा | Khabarhub Khabarhub

सुन तस्करी प्रकरणबारे सरकारी छानबिनमा अविश्वास नगरौँ : सांसद शर्मा


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले सुन तस्करी प्रकरणको विषयमा सरकारी निकायले गर्ने छानबिनमा अविश्वास गर्न नहुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले सुन तस्करी प्रकरणमा सरकारी निकायले छानबिन र अनुसन्धान गरिरहेकाले संयमित र धैर्य कायम गर्नसमेत प्रतिपक्षका सांसदलाई आग्रह गरे  ।

उनले कानून र संविधानले बलियो बनाएको संस्थामाथि अविश्वास उत्पन्न हुने कारणसमेत खोज्नुपर्ने बताए । “सुन तस्करी प्रकरणमा सरकारको एउटा हातले कमजोरी गर्‍यो एयरपोर्टमा, अर्को हातले फेरि पक्रियो सिनामङ्गल चोकमा, यो बिर्सन हुन्न” उनले भने, “राजनीतिक प्रकृतिका घटना भए राजनीतिक मानिस राखौँ, सम्मानीत न्यायमूर्ति राखौँ, अनुसन्धान गरौँ र निष्कर्षमा पुगौँ । हामीलाई कोप्रति अविश्वास हो ? हामीले पालैपालो सरकारमा बसेर बनाएको संस्थाहरूप्रति हामी आफैँ अविश्वास गर्दैछौँ ।”

कुनै पनि बहानामा सदन अवरुद्ध नगर्न सांसदहरूले सङ्कल्प गर्नुपर्ने उनको भनाइ छ । “आज संसद् खुलेको छ, एकअर्कामा बधाई साटासाट गर्नुपर्ने अवस्था छ”, उनले भने, “सदन खुलेको हो भने कति दिनका लागि खुलेको हो रु यसबारे कसलाई प्रश्न गर्ने ? हरेक समस्याको हल संसद् बन्द गरेर हुँदैन ।”

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ५ : २१ बजे

के थियो अफताब आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको

हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मोहम्मद अफताब आलमको उपचारका क्रममा मृत्यु

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको मृत्युु भएको छ कात्तिक

आज २०८२ साल कात्तिक २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २२ गते शनिबार। मंसिर