लुम्बिनी प्रदेशका विभिन्न सडक पहिरोले अवरुद्ध « Khabarhub

लुम्बिनी प्रदेशका विभिन्न सडक पहिरोले अवरुद्ध


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न स्थानमा खसेको पहिराले राजमार्गहरु अवरुद्ध भएका छन् । लगातारको वर्षाका कारण राजमार्ग क्षेत्रमा खसेको पहिराले सवारी आवागमन अवरुद्ध भएका हुन् ।

 बुटवलस्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्ड, भालुवाङ–प्यूठान सडकखण्ड र लमही–घोराही सडकखण्ड पहिराले अवरुद्ध भएका छन् ।

सिद्धार्थ राजमार्गको  बुटवल–पाल्पा खण्डअन्तर्गत सिद्धबाबा सुरुङमार्ग क्षेत्रको उत्तरतर्फको प्रवेश विन्दुमा पहिरो खसेपछि राजमार्ग आज बिहानैदेखि अवरुद्ध भएको छ । राजमार्गको बुटवल–पाल्पा खण्डको तिनाउ गाउँपालिका–३, दोभान ड्यामसाइड (रामापिथेकसपार्क) क्षेत्रमा लेदोसहित ठूलो पहिरो खसेर राजमार्ग अवरुद्ध भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ । 

सिद्धबाबा निर्माणाधीन सुरुङमार्गको उत्तरतर्फको प्रवेश विन्दुमा पहिरो झरेपछि सवारी आवागमन पूर्णरुपले अवरुद्ध भएको प्रहरीले जनाइएको छ ।

सो स्थानमा साउनको केही दिनदेखि पटक पटक पहिरो खस्दा निर्माणाधीन सुरुङमार्गको प्रवेश बिन्दुमै क्षति पुगेको थियो । पहिरोसँगै ठूलाठूला ढुङ्गाहरु सडकमा झरेकाले अवरुद्ध सडक खुलाउन केही समय लाग्ने ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।

यस्तै भालुवाङ्ग–प्यूठान सडकखण्डको गर्जेनी भन्ने स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ । उक्त स्थानमा पाँच दिनदेखि पहिराले अवरुद्ध भएको सडक पहिरो सफा गरेर मङ्गलबारमात्र खुलाइएको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ६ : ०५ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष