लगातार तेस्रो दिन पनि घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ? « Khabarhub

लगातार तेस्रो दिन पनि घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  लगातार तेस्रो दिन  पनि सुनको भाउ घटेको छ । आज बुधबार सुनको भाउ १०० रुपैयाँले घटेको हो ।

 सुनको भाउ सोमबार, मंगलबार क्रमशः १०० र ३०० रुपैयाँले र बुधबार १०० रुपैयाँले घटेको हो  ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर १ लाख १२ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ४५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, मंगलबार छापावाल सुन १ लाख १२ हजार १०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ११ हजार ५५० रुपैयाँ निर्धारण भएको थियो ।

बुधबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर तोलाको १३ सय ९० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १४ सय रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  १२ : ०२ बजे

सशस्त्र प्रहरीद्वारा मुक्तिनाथ मन्दिरको हिउँ पन्छायो

मुस्ताङ– मुस्ताङस्थित सशस्त्र प्रहरी बल नेपाल, ३३ नं गुल्मका सशस्त्र

प्रधानमन्त्रीको भ्रमणसँगै चीनले हटायो पाँच बेलायी सांसदमाथिको प्रतिबन्ध

बेइजिङ- बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले चीनको औपचारिक भ्रमण गरेका छन्

जेन-जी शहीदको सम्झनामा दीप प्रज्वलन

काठमाडौं– गत २३ र २४ भदौमा भएको जेन-जीहरूको प्रदर्शनका क्रममा

सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सहिदहरू राष्ट्रका ऊर्जा, प्रेरणा र मार्गदर्शनका

‘कसैले जितेर राष्ट्रलाई हराउनु हुँदैन’

चुनाव सम्पन्न गर्न तीव्र गतिमा बढिरहेको माहोलबीच अन्यथा अभिव्यक्ति दिनु