मन्त्री ज्वालाद्वारा पूर्वाधार विज्ञसँग छलफल « Khabarhub

मन्त्री ज्वालाद्वारा पूर्वाधार विज्ञसँग छलफल


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधारका विज्ञ टोलीसँग विषयगत छलफल गरेका छन् । उनले सडकको सुरक्षा र भावी बन्ने सडकका विषयमा केन्द्रित भएर पूर्वाधार विज्ञ सुरेशराज आचार्य, मेघराज घिताल, प्रा.डा तारानिधि भट्टराई, बिबी देउजालगायतका विज्ञसँग छलफल गरेका हुन् ।

छलफलमा मन्त्री ज्वालाले भौगोलिक विकटताले सडक निर्माणका क्षेत्रमा सडक सुरक्षामा देखिएका चुनौतीलाई कसरी समाधान गर्ने भन्ने विषय सरकार गम्भीर रहेको बताए ।  सडक विस्तार गाउँबस्तीमा पुर्‍याउनुपर्नेमा जोड दिँदै उनले धेरै गाउँबस्ती चुरे र महाभारत शृङ्खलामा रहेकाले विस्तार गर्न र विस्तार भएका सडकको सुरक्षा गर्न चुनौती बढेको बताए ।

मन्त्रालयका सचिव केशव शर्माले नेपालमा विगत र वर्तमानका सडक अवस्था, भौगोलिक सन्दर्भ, आगामी दिनमा सडकको सुरक्षा र स्थायित्व कसरी हुनसक्छ भन्ने विषयमा गरिएको छलफलबाट यस क्षेत्रमा थप सहयोग पुग्ने बताए । 

छलफलमा विज्ञ टोलीले धेरै खर्चिलो भए पनि देशको भूगोलअनुसार सुरुङ मार्गमा जान सुझाव दिए। जति राम्रो सडक बनाए पनि बाढीपहिरोले सडकको आयु एकदमै छोटो हुने गरेको छ । त्यो समस्या हल गर्न सुरुङ मार्गमा जान र सञ्चालनमा रहेका सडकको तत्काल अध्ययन थाल्न विज्ञ टोलीले सुझाव दिएको छ । 

छलफलमा मन्त्रालयका उच्च अधिकृतको पनि सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ४ : ५९ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००