सरकारले ल्याएको शिक्षासम्बन्धी विधेयकप्रति महोत्तरीका निजी तथा आवासीय विद्यालयहरुको आपत्ति « Khabarhub

सरकारले ल्याएको शिक्षासम्बन्धी विधेयकप्रति महोत्तरीका निजी तथा आवासीय विद्यालयहरुको आपत्ति


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- सरकारले ल्याएको शिक्षासम्बन्धी विधेयकप्रति आपत्ति जनाउँदै महोत्तरीका निजी तथा आवासीय विद्यालयहरुले ध्यानाकर्षण गराएका छन् ।

निजी तथा आवासीय विद्यालयका छाता संगठन प्याब्सन र एनप्याब्सनका बर्दिबास एकाईले आज स्थानीय सरकार र इलाका प्रशासन कार्यालयलाई संयुक्त ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएका हुन् । ज्ञापनपत्रमा सरोकारवालाहरुलाई थाहा नै नदिई सरकारले सुझावसमेत बेवास्ता गरेको भन्दै भर्त्सनासमेत गरिएको छ ।

एनप्याब्सन नगर कमिटी बर्दिबासका अध्यक्ष नागेन्द्र क्याप्छाकीले सरकारले ल्याएको विधेयक स्वेच्छाचारी, निरंकुश र निजी विद्यालयहरुप्रती पूर्वाग्राही भएको हुनाले विद्यालय सञ्चालनमा नै कठिनाइ हुने बताए ।

त्यस्तै, प्याब्सनका अध्यक्ष सरोज प्रधानले पनि निजी तथा आवासीय विद्यालयहरुको सरकारले घाँटी निमोठ्न खोजेको भन्दै आपत्ति जनाएका छन् । निजी विद्यालयहरुले वित्तीय संस्थाहरुवाट संस्थागत विकासको लागि कर्जा लिएर लगानी गरेको बताउँदै उनले विधेयकमा उल्लेख भएजस्तो ५ वर्षभित्रमा कर्जा र अन्य दायित्वहरु भुक्तानी गर्नसक्ने व्यवहारिक अवस्था नरहेको प्रष्ट पारे ।

ज्ञापनपत्रमा भनिएको छ ‘निजी शिक्षालयहरुमा गरिएको अर्बौँको लगानी र यसले राज्यलाइ दिएको प्रत्यक्ष र परोक्ष सेवाको बेवास्ता गर्दै ल्याइएको विधेयकका कयौँ दफाहरु आपत्तिजनक छन् ।’

ज्ञापनपत्रमा समस्याको सम्बोधन गर्ने र गराउने कार्यमा ठोस कदमका लागी पहलकदमी नलिए निजी लगानीका सम्पूर्ण विद्यालय बन्द गरेर थप आन्दोलनका कार्यक्रम तय गर्ने पनि ज्ञापनपत्रमार्फत् सरकारलाइ चेतावनी दिइएको छ ।

 

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ८ : १८ बजे

ट्युनिसियालाई हराउँदै नेदरल्यान्ड्स समूह विजेता, नकआउट चरणमा मोरक्कोसँग भिड्ने

काठमाडौँ – खेलको सुरुवाती सात मिनेटभित्रै दुई गोल गरेपछि नेदरल्यान्ड्सले

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम