पाकिस्तानको तल्लो सदन राष्ट्रियसभा विघटन, ९० दिनभित्र निर्वाचन हुने « Khabarhub

पाकिस्तानको तल्लो सदन राष्ट्रियसभा विघटन, ९० दिनभित्र निर्वाचन हुने


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

इस्लामबाद– पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री शाहबाज सरिफको सल्लाहमा गएराति संसदको तल्लो सदन राष्ट्रिय सभा विघटन गरेका छन् । संसद भंग भएसँगै मुलुकमा आमनिर्वाचन गर्ने बाटो खुलेको छ ।

पीटीआई रिपोर्टका अनुसार तल्लो सदन विघटनका लागि जारी गरिएको अधिसूचनामा संविधानको धारा ५८ अन्तर्गत तल्लो सदन विघटन गरिएको हो ।  प्रधानमन्त्री शाहबाज सरिफले राष्ट्रपतिलाई पत्र लेखेर राष्ट्रिय सभा भंग गर्न सिफारिस गरेका थिए ।

संसदको तल्लो सदनको कार्यकाल सकिन तीन दिनअघि प्रधानमन्त्री शाहबाजले राष्ट्रपति अल्वीलाई विघटनको सल्लाह पठाएका हुन् । 

राष्ट्रिय सभा विघटनसँगै प्रधानमन्त्रीको मन्त्रिपरिषद् पनि विघटन भएको छ । तर कार्यवाहक प्रधानमन्त्री नियुक्त नभएसम्म प्रधानमन्त्री शाहबाज सरिफ पदमा रहनेछन्। 

नेशनल एसेम्बलीको समयपूर्व विघटन भएमा पाकिस्तानको निर्वाचन आयोगले ९० दिनभित्र निर्वाचन गराउनेछ। राष्ट्रियसभाको संवैधानिक कार्यकाल पूरा भएको भए ६० दिनभित्र निर्वाचन हुने थियो ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  ९ : ०४ बजे

स्थानीयवासीको सहयोगमा प्रहरी भवन पुनर्निर्माण

कास्की– पोखरा महानगरपालिका गगनगौँडास्थित वडा प्रहरी कार्यालयको भवन स्थानीयवासीको सहयोगमा

चट्याङ लागेर जुम्लामा एक युवकको मृत्यु

जुम्ला– जुम्लामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

पत्रकार खेम भण्डारी कञ्चनपुरबाट पक्राउ

कञ्चनपुर – कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला

मात्रा नमिलाई आँप खाँदा हुनसक्छ स्वास्थ्य समस्या

काठमाडौँ- यतिबेला बजारमा आँपको किनबेच निकै बढेको छ । वर्षायामको

रास्वपामा मनोनयनको सकस : ५१ पदका लागि रविसामु १०० भन्दा बढीको लिस्ट

काठमाडौँ- बुधबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकमा