बंगलादेशमा विपदमा परेकाहरूको उद्धारका लागि सेना परिचालन « Khabarhub

बंगलादेशमा विपदमा परेकाहरूको उद्धारका लागि सेना परिचालन


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बंगलादेशमा भीषण वर्षापछिको विपद्जन्य घटनाबाट प्रभावितहरूको उद्धारका लागि सेना परिचालन गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बंगलादेशको राजधानी ढाकाबाट करिव २ सय ४० किलोमिटर दक्षिणपूर्वमा रहेको चट्टोग्राम क्षेत्रमा भीषण वर्षापछि प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सैनिक परिचालन गरिएको हो ।

चट्टोग्रामको कोक्स बजार जिल्लामा सोमबारदेखि भएको वर्षापछिको विपद्का कारण ६ जनाको ज्यान गइसकेको जनाइएको छ । 

कक्सबजार जिल्लाको दुर्गम पहाडी क्षेत्रमा पहिरोले घरको पर्खाल भत्किँदा दुई बालबालिकाको पनि मृत्यु भएको बताइएको छ । बाढी प्रभावित क्षेत्रमा आपतकालीन राहत र चिकित्सा सहायतासहितको उद्धार कार्य जारी रहेको रक्षा मन्त्रालयअन्तर्गतको अन्तरसेवा जनसम्पर्कले जनाएको छ ।

वर्षाका कारण बढी आश्रयस्थलहरू पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् भने बंगलादेशको बन्दरगाह शहर चट्टोग्रामलाई पनि क्षति पुर्‍याएको छ । तराईका क्षेत्रहरू डुबानमा परेका छन् र सडक यातायात अवरुद्ध भएको छ । 

 

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  १२ : ३२ बजे

स्वास्थ्यका जनशक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्छ : स्वास्थ्यमन्त्री मेहता

काठमाडौं– नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या एवं खानेपानीमन्त्री निशा मेहताले स्वास्थ्य

प्रधानमन्त्री बालेन्द्रलाई चीनको बधाई, सहकार्य सुदृढ बनाउने प्रतिबद्धता

काठमाडौं- उत्तरी छिमेकी चीन सरकारले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई

भारतीय समकक्षी जयशंकरद्वारा खनाललाई बधाई, सहकार्य सुदृढ बनाउने अपेक्षा

काठमाडौं– भारतका विदेशमन्त्री एस. जयशंकरले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई

नवनियुक्त प्रधानमन्त्री शाहलाई अमेरिकाको बधाई

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राज्य अमेरिकाले बधाई दिएको

वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्दै महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने