‘जवान’ प्रचारमा शाहरुखको रणनीति : अन्तर्वार्ता नदिने « Khabarhub

‘जवान’ प्रचारमा शाहरुखको रणनीति : अन्तर्वार्ता नदिने


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘पठान’को सफलतापछि बलिउड अभिनेता शाहरुख खान फेरि एकपटक एक्सन अवतारमा ‘जवान’मा देखिँदैछन् । आगामी सेप्टेम्बर ७ मा रिलिज हुने यो फिल्मलाई दर्शकहरू उत्साहित छन् । हालै टिजर र एक गीत रिलिज भएसँगै ‘जवान’को फ्यानहरुमाझ व्यग्र पर्खाइ छ ।

निर्माण कम्पनीले केही दिनकै फिल्मको ट्रेलर सार्वजनिक गर्ने जनाएको बलिउड सञ्चारमाध्यले उल्लेख गरेका छन् ।प्रदर्शन हुन एक महिना बाँकी रहँदा शाहरुख खानले फिल्म प्रवर्द्धनको खास रणनीति अपनाउने बताएका छन् । शाहरुखले पठानका बेला अपनाएको तरिकालाई नै जवानमा पनि फलो गर्ने संकेत गरेका छन् ।

बलिउड हंगामाका अनुसार शाहरुखले फिल्म रिलिजअघि कुनै पनि अन्तर्वार्ता नदिने र मिडियासँग सवालजवाफ पनि नगर्ने भएका छन् । पठानका बेला पनि उनले यही शैली अपनाएका थिए । शाहरुखको विश्वास छ कि बिना अन्तर्वार्ता पनि दर्शक सिनेमाघरसम्म पुग्नेछन् । 

रेड चिल्लीज इन्टरटेनमेन्टको प्रस्तुतिमा गौरी खानले निर्माण गरेको फिल्म ‘जवान’लाई एट्लीले निर्देशन गरेका हुन् । फिल्ममा शाहरुखका साथै नयनतारा, विजय सेतुपाती, प्रियामणि, सान्या मल्होत्रा र रिधि डोगराको मुख्य भूमिका छ । 

फिल्ममा दीपिका पादुकोण पनि विशेष भूमिकामा देखिँदैछिन् । फिल्म हिन्दीका साथै तेलुगू र तमिल भाषामा पनि प्रदर्शन हुनेछ ।

(स्रोत-एनआई)

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  २ : ०६ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर