बाढीमा बेपत्ता भएका पुरुषको शव तीन दिनपछि भेटियो | Khabarhub Khabarhub

बाढीमा बेपत्ता भएका पुरुषको शव तीन दिनपछि भेटियो


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

बर्दिबासमडाहा खोलामा आएको बाढीमा परी बेपत्ता भएका सोनमा गाउँपालिका –१ का ३८ वर्षीय जावीर अन्सारीको शव तीन दिनपछि फेला परेको छ।

बाढीले बगाएको तीन दिनपछि अंसारीको शव सोनमा–१ गोवरैया टोलनजिक मडाहा खोलाको पूर्वी बगरमा आज अपरान्ह फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।

वर्षा थामिएसँगै बाढी घट्दै गएपछि स्थानीयको सहयोगमा सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले तीन घण्टा लामो प्रयासपछि शव निकालेको थियो। बाढीको पानी जमेको करिव ५ फिट गहिरो खाल्डोमा खोजीगर्दा डोजरको सहायताले शव बाहिर निकालिएको प्रहरी निरीक्षक मनोज यादवले बताए।

मृतकका आफन्तले सनाखत गरेपछि प्रहरीले मुचुल्का तयार गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर लग्ने तयारी भएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  ६ : ४५ बजे

घुस रकमसहित पक्राउ परेका वरिष्ठ वन अधिकृत यादवविरुद्ध आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीमा

सप्तरी घोंगी टिप्ने क्रममा डुबेर वृद्धाको मृत्यु

सप्तरी – घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित

हाइकिङको ६१ औँ शृङ्खलामा समेटियो ‘नौमती बाजा पार्क’ क्षेत्र

गण्डकी – हाइकर्स क्लब नेपालले आफ्नो ६१औँ शृङ्खलामा कास्कीको पर्यटकीयस्थल

नवलपरासीमा सात सय ४६ हेक्टर वनक्षेत्र अतिक्रमण

नवलपरासी – बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ७४६ हेक्टर क्षेत्रफल वन