सरकारले सीआईबीको नाङ्गो दुरुपयोग गर्‍याे : सूर्य थापा « Khabarhub

सरकारले सीआईबीको नाङ्गो दुरुपयोग गर्‍याे : सूर्य थापा


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता तथा सांसद सूर्य थापाले सरकारले केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)को नाङ्गो दुरुपयोग गरेको आरोप लगाएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सरकारविरुद्ध बोल्नेहरूको मुख थुन्न सीआईबीको दुरुपयोग भएको उल्लेख गर्दै सरकारी ज्यादती अदालतको आदेशबाट समेत पुष्टि भएको उल्लेख गरेका छन् ।

उनले गृहमन्त्री र अर्थमन्त्रीले एक क्विन्टल सुन तस्करीको संरक्षण गरेको हुँदा अविलम्ब राजीनामा दिनुपर्ने माग संसदमा गुञ्जायमान पारेका सत्तापक्षका सांसद सुनिल शर्मालाई नक्कली प्रमाणपत्रको कथित प्रपञ्च तयार गरी गिरफ्तार गरेको सीआईबीले गृहमन्त्रीको आदेश र आग्रहमा यो ज्यादती गरेको अदालतको आदेशबाट पुष्टि भएको बताए ।

उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई संसदको निर्णयमा उच्चस्तरीय समिति गठन गर्न गाह्रो परेको भन्दै आफ्नो इच्छा, संकेत र आदेशमा यस्तै हिसाबले चल्ने हवल्दारी निकायको आड, भरोसा र साथ चाहिएर नै तमाम खाले नक्कली अभिनय र स्टन्टबाजी गरिरहेको टिप्पणी गरे । 

थापाले सीआईबीले मन्त्री र सरकारका आलोचकलाई हदम्याद गुज्रिएको विषयमा बिजुली गतिमा गिरफ्तारी र हतकडी लगाउने तर क्विन्टल नभएर केजी सुन ल्याउन सक्रिय भुरा माछालाई पनि किन उन्मुक्ति दिइरहेको भन्दै प्रश्न गरेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  १० : ३८ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका