माओवादीलाई ‘स्मार्ट’ पार्टी बनाउनु पर्छ : वर्षमान पुन  « Khabarhub

माओवादीलाई ‘स्मार्ट’ पार्टी बनाउनु पर्छ : वर्षमान पुन 


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले माओवादीलाई ‘स्मार्ट’ पार्टी बनाउनु पर्ने बताएका छन् ।

पार्टी सम्वद्ध महिला संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले वर्तमान साइबर युग सुहाउँदो स्मार्ट पार्टीले मात्र अहिलेको अवस्थामा मुलुकको नेतृत्व गर्न सक्ने र पार्टी पुनर्निर्माण सम्भव हुने बताए ।

‘समयअनुसार चल्न नसक्ने पार्टीहरू इतिहासमा सीमित भएका छन्’, पुनले भने, ‘अहिलेको साइबर युगमा स्मार्ट पार्टी बनाउन जरुरी छ, त्यस्तो पार्टीले मात्र आजको युगको सही प्रतिनिधित्व गर्न सक्छ ।’ 

विश्व चौथो चरणको औद्योगिक क्रान्तिको सम्मुखमा रहेको भन्दै पुनले यस्तो अवस्थामा कम्युनिष्टहरूले डिजिट प्रविधि र कृत्रिम बौद्धिकताको समेत प्रयोग गरेर स्मार्ट पार्टी निर्माण गर्नुपर्ने औंल्याए ।

लेनिनले कम्युनिष्ट पार्टीहरूको निम्ति संगठनको रुप सर्वथा अचूक र अपरिवर्तनशील हुन नसक्ने उल्लेख गरेको चर्चा गर्दै पुनले सङ्घर्षको स्थिति र विकासको प्रक्रिया अनुरूप संगठनको रूपहरूको खोजी गरिएको बताए । 

यस्तै लक्षित जनसमुदाय तथा आफ्नो पार्टी र सङ्गठनमा भर पर्नुपर्ने चिनियाँ कम्युनिष्ट नेता माओको भनाइ अनुसरण गर्न पार्टी पङ्क्तिलाई निर्देशन दिए । उनले महिला अधिकार स्थापित गर्न र समाजमा महिलाहरूको सम्मान तथा सहभागिता वृद्धि गर्न आफूहरूको आन्दोलनले धेरै ठूलो योगदान गरेको बताए ।

नेपालको संविधानले राज्यका सबै तहमा कम्तिमा ३३ प्रतिशत महिला सहभागिता ग्यारेण्टी गरेको उल्लेख गरे । आफ्नो दलले भने गाउँदेखि केन्द्रसम्म कम्तिमा ३५ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको र आगामी दिनमा उक्त प्रतिशत बढाउँदै लैजाने नीति रहेको बताए । 

पुनले नेपाली समाजको रूपान्तरण र राजनीतिक परिवर्तनमा माओवादी जनयुद्धले खेलेको भूमिकालाई संसारले स्वीकार गरिसकेको भन्दै त्यसको अवमूल्यन कसैले गर्न नसक्ने तर्क गरे ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  १० : ५३ बजे

कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न

मुस्ताङ– उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत जोमसोम–कोरोलानाका जोड्ने मुस्ताङको लो

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान पदबाट रोहित पौडेलको बिदाइ, क्यानले दियो धन्यवाद

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट

छोटी भन्सार पुनःसञ्चालनको माग

कैलाली– कैलालीको पृथ्वीपुर छोटी भन्सार कार्यालय पुनःसञ्चालन तथा स्तरोन्नतिको माग

कपिलवस्तुमा बिग्रिएर राखिएको मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

तौलिहवा – तौलिहवा–भैरहवा सडकखण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका–७ धरमपनियामा मिनी ट्रकसँग

अण्डाको समर्थन मूल्य बढ्यो

चितवन– अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् ।