लमजुङ जिप दुर्घटनाका घाइतेलाई उपचारका लागि चितवन पठाइयो | Khabarhub Khabarhub

लमजुङ जिप दुर्घटनाका घाइतेलाई उपचारका लागि चितवन पठाइयो


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


627
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङको राइनासमा जिप दुर्घटना हुँदा घाइते भएका १० जनालाई उपचारका लागि चितवनको भरतपुर पठाइएको छ।

राइनास नगरपालिका-८ कटहरबारीको घुम्ती जोगीडाँडामा ग१ज ६३६९ नम्बरको यात्रुवाहक जिप शनिबार बिहान दुर्घटना हुँदा चालकसहित १३ जना घाइते भएकोमा १० जनालाई थप उपचारका लागि चितवनको भरतपुरस्थित एलाइभ हस्पिटलमा पठाइएको छ।

घाइतेमध्ये दुई जनाको हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर चालक सुन्दरबजार नगरपालिका-९, बगैंचाका ३० वर्षीय पुरन गुरुङ र भानु नगरपालिका-८, तनहुँका २९ वर्षीया शान्ति तामाङको बायाँ हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। 

राइनास नगरपालिका-९, बगुवाका ३७ वर्षीय झलक गुरुङ, भानु नगरपालिका-८ का ४९ वर्षीय शक्ति भन्ने सत्यबहादुर तामाङ, दूधपोखरी गाउँपालिका-४ घर भई हाल सुन्दरबजार नगरपालिका-७ साकाहलेका ६७ वर्षीय सन्तबहादुर तामाङ, सुन्दरबजार नगरपालिका-९, फेदीकुनाका ५० वर्षीय धनश्री तामाङ, भरतपुर महानगरपालिका-२, क्षेत्रपुरका ४० वर्षीय पञ्चमाया लामा, सुन्दरबजार नगरपालिका-९, फूलबारीका ३८ वर्षीय लालमाया तामाङ, फेदीकुनाका ४२ वर्षीय सुमन गुरुङ र भानु नगरपालिका-८ का ४५ वर्षीय मुना लामा रहेका छन्। 

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ६ : २१ बजे

क्लब विश्वकप : पिएसजी समूहको विजेता बन्दै दोस्रो चरणमा

काठमाडौं – पेरिस सेन्ट जर्मन (पिएसजी) फिफा क्लब विश्वकपको दोस्रो

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी- म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार

काँकडभिट्टा नाकाबाट १८ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष २०८१–०८२ को ११ महिनामा पूर्वी नाका

घोराहीमा रहेको ज्यामिरे दह पर्यटकको रोजाइमा

दाङ- दाङ घोराहीमा रहेको ज्यामिरे दह पछिल्लो समय आन्तरिक पर्यटकको

सलमानलाई यति धेरै स्वास्थ्य समस्या !

काठमाडौं – बलिउड नायक सलमान खानले आफ्नो स्वास्थ्यबारे नयाँ खुलासा