कुवेत भनेर साउदी पुगेका चार नेपाली चेलीको उद्धार  « Khabarhub

कुवेत भनेर साउदी पुगेका चार नेपाली चेलीको उद्धार 


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

दोहा– साउदी अरबबाट चार नेपाली चेलीको उद्धार गरी नेपाल फर्काइएको छ । उनीहरूलाई दलालले कुवेतमा कम्पनीको कामको प्रलोभन देखाई गैरकानुनी बाटो हुँदै घरेलु काममा साउदी पुर्‍याएको थियो ।

रियादस्थित नेपाली दूतावासका अनुसार उनीहरूलाई साउदीमा घरेलु काममा विभिन्न हिंसा र दुर्व्यवहार भोगिरहेको जानकारी पाएपछि उद्धार गरी तीन महिना दूतावासको सेल्टरमा राखेर स्वदेश फर्काइएको हो ।

कम्पनीको काम लगाउने भनेर सरकारसँग श्रम स्वीकृति नै नलिई उनीहरूलाई भारत हुँदै कुवेत पुर्‍याइएको थियो । कुवेतमा केही महिना काम गरेपछि कुवेतका स्थानीय एजेण्टले उनीहरूलाई साउदी अरब पुर्‍याइएका थिए ।

साउदीमा उनीहरूलाई झण्डै सात वर्षसम्म घर मालिकले बिना तलब काम लगाएको र बिरामी हुँदासम्म उपचार नगराउने, तलब माग्दा कुटपिट गर्ने, शारीरिक तथा मानसिक यातना दिने गरेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दैनिक १८ घण्टासम्म आफूले काम गर्न परेको र तलब नपाएपछि घर फर्कन्छु भन्दा उल्टो कुटपिटका साथै अमानवीय र अभद्र व्यवहार भोग्न परेको उनीहरूले बताएका छन् । लामो समयदेखि साहुको यातना सहेका उनीहरूको अवस्था गम्भीर थियो ।

तीन महिनासम्म चारै जनालाई दूतावासले खाने बस्ने सुविधासहित सेल्टरमा राखेको थियो । यसबीचमा दूतावासले साउदीको घरेलु कामदार कार्यालयसँग समन्वय गरी उनीहरूको स्वदेश फिर्तीको लागि कानुनी प्रक्रिया मिलाएर बहिर्गमन भिसा लगाएको थियो । 

नेपाल फर्कन मिल्ने बहिर्गमन भिसा लागेपछि हिमालय एयरलाइन्समार्फत दूतावासले बुधवार उनीहरूलाई नेपाल फर्काएको छ । प्रवासी नेपाली मञ्च साउदीले उनीहरूलाई फर्किने हवाई टिकटको व्यवस्था गरेपछि हिमालय एयरलाइन्सबाट स्वदेश फिर्ता पठाइएको दूतावासले जनाएको छ ।

सरकारले प्रतिबन्ध लगाएको काममा महिलाहरूलाई विभिन्न तरिका र माध्यमको प्रयोग गरी एजेन्टहरूले गैरकानुनी रूपमा खाडीका विभिन्न देशमा पुर्‍याउने गरेको छन् । कतिपयलाई कम्पनीकै काममा भनेर लैजाने र गन्तव्यमा पुगेपछि प्रतिबन्धित घरेलु काममा लगाउने गरेको समेत पाइएको छ ।

पीडित महिलाहरू र पीडक (दलालरएजेन्टहरू)को नाम नखुलाइएको यो उद्धार प्रकरणमा टिकट सहयोग दिएर प्रवासी नेपाली मञ्च साउदी अरबले सघाएको दूतावासको विज्ञप्तिमा उल्लेखित छ । पछिल्लो समय यसरी लैजाने क्रम बढेको भन्दै गैरकानुनी रूपमा एजेण्टको भर परी नआउन दूतावासले अनुरोध गरेको छ ।

नेपालबाट साउदी अरब, कुवेत लगायत खाडीमा घरेलु कामदार पठाउन इजाजत नभए पनि विभिन्न म्यानपावर तथा एजेन्टहरुले कुवेत, भारत, बङ्लादेश, दुबई तथा श्रीलंका लगायत अन्य देशको बाटो प्रयोग गरेर नेपाली महिला कामदारहरू पठाउने गरेका छन्। 

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ७ : ०७ बजे

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

पशुपति क्षेत्रमा गरियो पाँचौँ हप्ताको सफाइ

काठमाडौं – आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान भएका पशुपति क्षेत्रमा

नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो

कास्की – केही दिनयताको अविरल वर्षाका कारण कास्कीका दुई प्रमुख

नेपालमा तय तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब अनलाइन माध्यमबाट हुने

काठमाडौं– नेपालमा आयोजना गर्न लागिएको तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब