सुन प्रकरणमा पक्राउ परेका दुई चिनियाँ नागरिक थुनामुक्त | Khabarhub Khabarhub

सुन प्रकरणमा पक्राउ परेका दुई चिनियाँ नागरिक थुनामुक्त


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एक सय किलो सुन तस्करी प्रकरणमा गत समातिएका दुई चिनियाँ नागकिरलाई प्रहरीले रिहा गरेको छ । सुन तस्करीमा संलग्न भएको आशङ्कामा समातिएका उनीहरु संलग्न भएको नदेखिएकाले छाडिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताए ।

“उनीहरुको नाम मिल्दो जुल्दो भएकाले अध्यागमन विभागले नियन्त्रणमा लिएर सिआइबीमा बुझाएका थियो, तर अनुसन्धान गर्दा उनीहरु त्यसमा संलग्न नभएको पाइएपछि छाडिएको हो”, प्रवक्ता कडायतले बताए । रिहा हुनेमा ली जियालिङ र लिउ फुयान रहेका छन् ।

शुक्रबार बिहान हिमालय एयरको उडानबाट चीन जान लागेका बेला उनीहरुलाई नियन्त्रणमा लिइएको थियो । त्यसअघि पक्राउ परेकाहरु भने प्रहरी हिरासतमै रहेका छन् । उनीहरुमाथि अनुसन्धान जारी रहेको जनाइएको छ ।

हङकङबाट ल्याइएको करिब एक सय किलो सुन साउन ३ गते राजस्व अनुसन्धान विभागको टोली नियन्त्रणमा लिएको थियो । प्रधानमन्त्रीको निर्देशनपछि अहिले उक्त प्रकरणमा सिआइबीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ८ : १२ बजे

काँकडभिट्टा नाकाबाट १८ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष २०८१–०८२ को ११ महिनामा पूर्वी नाका

घोराहीमा रहेको ज्यामिरे दह पर्यटकको रोजाइमा

दाङ- दाङ घोराहीमा रहेको ज्यामिरे दह पछिल्लो समय आन्तरिक पर्यटकको

सलमानलाई यति धेरै स्वास्थ्य समस्या !

काठमाडौं – बलिउड नायक सलमान खानले आफ्नो स्वास्थ्यबारे नयाँ खुलासा

इरान आक्रमण बारे ट्रम्पले लेखे संसद्लाई पत्र

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक केन्द्रमा गरेको

फार्स न्युज भन्छ, ‘इरान-इजरायल युद्ध विरामको कुरा झुटो हो’

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विरामको घोषणा गरे