पोल्याण्डमा भेटियो विश्वयुद्ध ताकाको २५० केजीको बम « Khabarhub

पोल्याण्डमा भेटियो विश्वयुद्ध ताकाको २५० केजीको बम


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

लुब्लिन– पोल्याण्डको लुब्लिन सहरमा दोस्रो विश्वयुद्ध ताकाको बम फेला परेको छ ।

बम फेला परेपछि सो सहरका करिब १४ हजार मानिसलाई अस्थायी रूपमा आफ्नो घर छोड्न आदेश दिइएको थियो। 

मानिसहरूलाई विद्यालय र अन्य भवनहरूमा सारिएको थियो। साथै घरमा रहेका सबै विद्युतीय उपकरण, पानी र ग्यास बन्द गर्न लगाइएको थियो ।

निर्माण स्थलमा भेटिएको यो बमको तौल २५० केजी रहेको छ । लगत्तै बम डिस्पोजल टोलीले बम निकालेर निष्क्रिय पारेको थियो । खतराको चेतावनी सकिए पछि मानिसहरूलाई घर फर्कन अनुमति दिइएको थियो ।

पोल्याण्डमा यसअघि पनि दोस्रो विश्वयुद्धका बम धेरै पटक भेटिएका छन् । केही दिन अघि जर्मनीको डसेलडर्फ सहरमा ५०० किलोको बम भेटिएको थियो । बम फेला परेपछि १३ हजार मानिसलाई अस्थायी रूपमा विद्यालयमा सारिएको थियो ।

गत महिना पनि विद्यालयको जीर्णोद्धारका क्रममा केही तोपका गोला फेला परेका थिए । गत वर्ष पोल्याण्डको राजधानी वार्सामा ५०० किलोको बम फेला परेपछि ३० हजार मानिसले अस्थायी रूपमा आफ्नो घर छाड्नुपरेको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  १० : ३४ बजे

पुल बिग्रँदा स्थानीय र पर्यटकलाई सास्ती

सिन्धुपाल्चोक– जुगल गाउँपालिका–४ को ठूलो कत्तिके र सानु कत्तिके जोड्ने

यमन युद्धमा साउदीलाई साथ नदिन हुथी नेताको चेतावनी

साना- इरान समर्थित हुथी विद्रोही समूहका वरिष्ठ नेता मोहम्मद अल–बुखाइतीले यमनमा

जनमुखी साकोसको २९औँ साधारणसभा : कुल पुँजी १ अर्ब ४२ करोड नाघ्यो, डिजिटल सेवा विस्तार

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका–५ मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत

अमेरिकाले पुनः आक्रमण गरे नयाँ लक्ष्यहरूमा प्रहार गर्ने इरानको चेतावनी

तेहरान- इरानको रिभोलुसनरी गार्ड्सले यदि अमेरिकाले आफ्नो देशमाथि थप आक्रमण

करेन्ट लागेर इटहरीमा एक युवकको मृत्यु

सुनसरी– आज बिहान इटहरीमा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको