मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ बिक्री खुला | Khabarhub Khabarhub

मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ बिक्री खुला


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मनकामना इन्जिनियरिङ हाइड्रोपावरले आइतबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्दा बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्तासहित गरी कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो । 

यस कम्पनीले कर्मचारीलाई ४० हजार कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख कित्ता सेयर छुट्याइएको छ । यसमा साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ । 

सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ १० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । 

रेटिङ एजेन्सी केयर नेपालले यो आइपीओलाई केयर एनपी डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल रहेको छ ।   

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ११ : ३३ बजे

जेनजी आन्दोलनको प्रभाव : हयात होटलका सबै कर्मचारी कटौती

काठमाडौं – जेनजी आन्दोलनपछि सञ्चालनमा आउन नसकेको हयात रिजेन्सी काठमाडौंले

विप्लव नेतृत्वको नेकपाले छाड्यो समाजवादी मोर्चा

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेकपा माओवादी केन्द्रसहितको समाजवादी

सोनापुर मिनरलले तिर्यो विद्युत महसुलको पहिलो किस्ता : काटिएको लाइन जोडियो

काठमाडौं – दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयाल प्रालिले

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

निमोनियाबाट कसरी बच्ने ?

काठमाडौं – आज विश्व निमोनिया दिवस नेपाललगायत विश्वभर विभिन्न चेतनामूलक