गृहमन्त्रीले रोष्ट्रमबाट राजीनामाको घोषणा गर्नुपर्छ : अध्यक्ष ओली | Khabarhub Khabarhub

गृहमन्त्रीले रोष्ट्रमबाट राजीनामाको घोषणा गर्नुपर्छ : अध्यक्ष ओली


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्को रोष्ट्रमबाट आफ्नो राजीनामाको घोषणा गर्नुपर्ने बताएका छन् ।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सुन प्रकरणलाई लिएर गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने बताएका हुन् ।

राजीनामा दिन बाहेक अरु कुरामा बोल्न संसदको रोष्ट्रममा जानु अनौठो भएको उनको भनाइ छ ।

अध्यक्ष ओलीले सुन तस्करी नियन्त्रण गर्न गृहमन्त्री श्रेष्ठ असफल भएको आरोपसमेत लगाए । ओलीले भने, “गृहमन्त्रीले त खासमा… राजीनामा गर्नबाहेक त्यहाँ (रोष्ट्रममा) जानु भनेको अनौठो कुरा हो । यत्रो असफलता भएको छ । चुरोट भनेर ल्यायो सुन हुन्छ । सुन भनेर ल्यायो राखेको ठाउँबाट चोरी हुन्छ । गृहमन्त्रीको जवाफदेही होइन त्यो ?”

केही दिनअघि गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणबारे सदनमा जवाफ दिएका थिए । त्यसको जवाफ ओलीले दिएका हुन् ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  २ : १८ बजे

विकास हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत

काठमाडौं– विकास हाइड्रोपावर कम्पनी लिमिटेडको ९० लाख ९१ हजार १३

सरकारलाई युवाको प्रश्न- विपिन जोशी कहाँ छन् ?

काठमाडौं– विपिन जोशीको अवस्था अविलम्ब पत्ता लगाउन भन्दै युवाहरूले नेपाल

सौर्य एयर दुर्घटना प्रतिवेदनप्रति पीडितको आक्रोश– ‘चार वर्षको बच्चा वयस्क बनाउनेलाई किन उन्मुक्ति ?’

काठमाडौं– सौर्य एयरलाइन्सको दुर्घटनामा छोरी, ज्वाई र चार वर्षका नाति

किम जोङ उनद्वारा नयाँ युद्धपोत निरीक्षण, अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यासको आलोचना

सियोल- उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो सबैभन्दा उन्नत

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ

काठमाडौं– सुनसरीको कोशी गाउँपालिका-१ लौकहीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ