ल्वाङ एक फाइदा अनेक ! « Khabarhub

ल्वाङ एक फाइदा अनेक !


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ल्वाङ स्वास्थ्यका हिसावमा निकै लाभदायक मानिन्छ । यसको प्रयोग मसला र औषधिको रुपमा हुँदै आएको छ । मसलाको रुपमा प्रयोग भएपनि यसले स्वास्थ्यमा पनि फाइदा पुगोस् भन्नका लागि यसको प्रयोग हुने गरेको हो ।

जसले तपाईंका सानातिना स्वास्थ्य समस्यामा लाभ पुर्‍याउँछ । यसलाई प्रयोग गर्ने केही विधीहरु पनि रहेका छन् ।

एक लिटर पानीमा ८–१० गोटा ल्वाङका राखेर पानी उमाल्ने । पानी मनतातो भइसकेपछि पिउने गर्नुपर्छ यसो गर्दा रुघा र ज्वरो आएको मानिसलाई फाइदा पुग्दा ।

पेटमा जुका परेको छ भने ३–४ गोटा ल्वाङ पिसेर एक चम्चा महमा मिसाएर सेवन गर्दा निकै फाइदा पुग्छ । केही दिनसम्म यसको प्रयोग गरेका राहत पाउन सकिन्छ ।

मुखमा घाउ भएको छ भने दुईतीनटा ल्वाङ हल्का भुटेर मुखमा राख्ने र चुस्ने गरेमा मुखमा भएको घाउ निको हुन्छ ।

८–१० गोटा ल्वाङ पिसेर नरिवल तेलमा मिसाउने र मसाज गर्ने । यसो गर्दा टाउको दुखाइबाट राहत पाउन सकिन्छ ।

गर्धन् दुः खेको छ भने तोरीको तेलमा केही वटा ल्वाङ पिसेर मिसाउने र गर्धनका मसाज गर्ने गर्दा दुखाइको अन्त्य हुनेछ ।

दाँत दुखेमा दुईतीनटा ल्वाङ पिसेर एक चम्चा कागतीको रसमा मिसाएर दुखेको दातमा राख्दा दुखाइ कम हुन्छ ।

एक कप उमलिएको पानीमा दुर्इवटा ल्वाङ पिसेर हाल्ने । पानी चिसो भएपछि पिउने । यसो गर्दा पेटमा ग्यासको समस्याबाट राहत मिल्नेछ ।

दुईतीनटा ल्वाङसँग एउटा सुकुमेल चपाउने । यसो गर्दा सास गन्हाउने समस्याबाट मुक्ति पाइन्छ ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ५ : २८ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल