माधव नेपाल सोमबार स्वदेश फर्किंदै « Khabarhub

माधव नेपाल सोमबार स्वदेश फर्किंदै


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल युरोपका विभिन्न देशको भ्रमण छोट्टाएर सोमबार स्वदेश फर्किने भएका छन् ।

साउन २२ गते युरोप गएका अध्यक्ष नेपाल प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गर्ने कार्यक्रममा सहभागी भएर भदौ १ गते स्वदेश फर्कने कार्यतालिका रहेको थियो । तर मुलुकको बदलिँदो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै अध्यक्ष नेपाल साउन २९ गते सोमबार नेपाल फर्कन लागेको उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए । उनले क्रोएसिया र बेलायत जाने कार्यक्रम रद्द गरेका छन् ।

ललिता निवास, सुन प्रकरण लगायतका घटनाक्रमहरु विकसित भएपछि उनलाई भ्रमण छोट्टाउन पार्टीका नेताहरुले आग्रह गरेका थिए । माधव नेपाल युरोप जानुको अघिल्लो दिन ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीलगायतका व्यक्तिमाथि अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  १० : ०४ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार