गण्डकी प्रदेशसभा बैठक स्थगित | Khabarhub Khabarhub

गण्डकी प्रदेशसभा बैठक स्थगित


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशसभा बैठक स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक मंगलबार बस्ने गरी स्थगित गरिएको हो ।

गत बिहीबारका लागि बोलाइएको बैठक पनि ‘बिजनेस’ नभएपछि सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । यसअघि बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची नै तय गर्न नसकेपछि बैठक स्थगित भएको थियो ।

विपक्षी दल नेकपा (एमाले)ले सरकारले प्रदेशसभालाई बिजनेस दिन नसकेको जनाएको थियो । अब बस्ने बैठकमा विषयगत समिति गठनको विषयले प्रवेश पाउने प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले बताए ।

सरकारले वन विधेयक पनि प्रदेशसभा सचिवालयमा दर्ता गरिसकेकाले आगामी बैठकमा छलफलका लागि पेस हुने जनाइएको । एमालेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र गाईबस्तुमा देखिएको लम्पी स्किन रोगको नियन्त्रणसम्बन्धी जरुरी सार्वजनिक महत्वका दुईटा प्रस्ताव पनि दर्ता गरेको छ ।

प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको सात महिना बितिसक्दा पनि ‘मिनि संसद्’ मानिने विषयगत समिति अझै गठन हुन सकेको छैन ।

प्रदेशसभा नियमावलीको प्रावधानअनुसार प्रदेशसभामा अर्थ तथा विकास, सार्वजनिक लेखा, प्रदेश मामिला तथा कानुन र सामाजिक विकास तथा कृषि समिति गरी चार विषयगत समिति रहने प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूले विषयगत समितिको नेतृत्वमा आआफ्नै दाबी अघि सारेका छन् । 

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  १० : १३ बजे

एएफसी एसियन कप छनोट खेल्ने नेपाली टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं– उज्वेकिस्तानमा हुने एएफसी एसियन कप छनोट खेल्न जाने नेपाली

रूसी राष्ट्रपति पुटिनले भने : इरानमाथि अमेरिकी-इजरायली आक्रमण अन्तर्राष्ट्रिय कानुनको गम्भीर उलङ्घन

मस्को– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजरायल र अमेरिकाले इरानमाथि गरेका

प्रधानमन्त्री ओलीको तर्क- सही बिचार र नेतृत्वले नेकपा विभाजनपछि एमाले पहिलेकै अवस्थामा फर्कियो

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

बुटवल उपमहानगरको बजेट तीन अर्ब ३६ करोडबढी

लुम्बिनी– बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि तीन अर्ब ३६

अल्बानिया हुँदै ग्रिस लैजाने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीको लागि अल्बानिया