कोहीसँग सम्पर्क हुँदैमा आपराधिक कार्यमा संलग्न हुँदैन : राहुल महरा « Khabarhub

कोहीसँग सम्पर्क हुँदैमा आपराधिक कार्यमा संलग्न हुँदैन : राहुल महरा


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुन तस्करी प्रकरणमा जोडिएको माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल महराले कसैसँग सम्पर्क हुँदैमा आपराधिक कार्यमा संलग्न भएको भन्न नसकिने बताएका छन । सामाजिक सञ्जालमा स्टाटस लेख्दै राहुलले सञ्चारमाध्यममा प्रकाशित समाचारका विषयमा आपत्ति र दुख व्यक्त गरेका हुन् ।

उनले लेखेका छन्, ‘सञ्चारमाध्यमले पुष्टि नभएको विषयमा बारम्बार आरोप लगाएर जबरजस्त पुष्टि गराउन खोज्नु गलत मात्र होइन, आफै न्यायालय बन्न खोज्नु हो । सञ्चारमाध्यम बाट एकोहोरो आक्रमण हुनु को पछाडि हामीले बुझ्न सकेका छैनौँ।’

कोही व्यक्तिसँग सम्पर्क हुँदैमा र केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भनेर प्रचारबाजी गरिनु र समाचार लेखेर भ्रमित पार्नु गलत कार्य भएको राहुलको टिप्पणी छ ।

सञ्चारमाध्यमहरूले एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्ने र राजनीतिक जीवन सिध्याउने प्रयास भएको उनको आरोप छ ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  २ : ३४ बजे

‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने

गण्डकी– तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना

हत्या गरेको अभियोगमा एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ

कास्की– मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई आइतबार प्रहरीले

कोइराला किल्ला भत्काउने रुबिना भन्छिन्– ‘निर्वाचित विषय विज्ञ सांसदलाई मन्त्री बनाउनुपर्छ’

काठमाडौं- २२ वर्षदेखि उज्वल थापाको ‘नेपाल खुल्ला छ’ अभियानमा जोडिएकी

नेपालमा पर्याप्त आइरहेको छ ग्यास-तेल, सरकार चुपलाग्दा उपभोक्तालाई सास्ती

काठमाडौं- अमेरिका–इजरायलले इरानमाथि गरेको आक्रमणको दुई हप्ता बढी समय भएको