भ्रष्टाचारमा मेरो नाम आए मलाई पनि हतकडी लगाए हुन्छ : प्रधानमन्त्री प्रचण्ड « Khabarhub

भ्रष्टाचारमा मेरो नाम आए मलाई पनि हतकडी लगाए हुन्छ : प्रधानमन्त्री प्रचण्ड


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार प्रकरणमा आफ्नो नाम आए आफूलाई पनि हतकडी लगाएर थुन्दा हुने बताएका छन्।

सोमबार पार्टीको बागमती प्रदेश समितिको पाँचौ पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘खोज्दै जाँदा मेरो नाम आएछ भने मलाई पनि हतकडी लगाएर थुने हुन्छ भनेको छु, आफ्नो पार्टीको, आफ्नो परीवारको भनेर कसैलाई पनि छाडिँदैन।’

केही नेताहरूको नाम बाहिर आएको भन्दै कसैलाई छुट नहुने चेतावनी दिएको बागमती प्रदेश सांसद युवराज चौलागाइँले जानकारी दिए।

‘उनले भने- महराजीको र उहाँका परिवारका सदस्यहरुको बारेमा मिडियामा आइरहेकै छ,’ प्रचण्डको भने, ‘उहाँको नाम छ भने जोगाउन पर्दैन। कारबाही गर भनेर भनेका छौँ।’ प्रचण्डले  अहिले सरकारले चलाइरहेको भ्रष्टाचार विरोधी अभियानले सरकारलाई कुनै समस्या नपर्ने दाबी गरे।

‘भ्रष्टाचार सम्बन्धी कामले सरकार अप्ठ्यारोमा पर्दैछ भन्ने कुरा बिल्कुल सहि होइन । सरकार बिल्कुल ठिक ठाउँमा छ, सुरक्षित छ,’ उनले भने।

भेपमा लुकाएर ९ किलो सुन ल्याएको आरोपमा पक्राउ परेका चिनियाँ व्यापारीसँग माओवादी नेता कृष्णबहादुर महरा र उनका छोराहरुको पटक पटक टेलिफोन सम्पर्क देखिएको सीआईबीले जनाएको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ३ : ११ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन