भ्रष्टाचारमा मेरो नाम आए मलाई पनि हतकडी लगाए हुन्छ : प्रधानमन्त्री प्रचण्ड « Khabarhub

भ्रष्टाचारमा मेरो नाम आए मलाई पनि हतकडी लगाए हुन्छ : प्रधानमन्त्री प्रचण्ड


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार प्रकरणमा आफ्नो नाम आए आफूलाई पनि हतकडी लगाएर थुन्दा हुने बताएका छन्।

सोमबार पार्टीको बागमती प्रदेश समितिको पाँचौ पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘खोज्दै जाँदा मेरो नाम आएछ भने मलाई पनि हतकडी लगाएर थुने हुन्छ भनेको छु, आफ्नो पार्टीको, आफ्नो परीवारको भनेर कसैलाई पनि छाडिँदैन।’

केही नेताहरूको नाम बाहिर आएको भन्दै कसैलाई छुट नहुने चेतावनी दिएको बागमती प्रदेश सांसद युवराज चौलागाइँले जानकारी दिए।

‘उनले भने- महराजीको र उहाँका परिवारका सदस्यहरुको बारेमा मिडियामा आइरहेकै छ,’ प्रचण्डको भने, ‘उहाँको नाम छ भने जोगाउन पर्दैन। कारबाही गर भनेर भनेका छौँ।’ प्रचण्डले  अहिले सरकारले चलाइरहेको भ्रष्टाचार विरोधी अभियानले सरकारलाई कुनै समस्या नपर्ने दाबी गरे।

‘भ्रष्टाचार सम्बन्धी कामले सरकार अप्ठ्यारोमा पर्दैछ भन्ने कुरा बिल्कुल सहि होइन । सरकार बिल्कुल ठिक ठाउँमा छ, सुरक्षित छ,’ उनले भने।

भेपमा लुकाएर ९ किलो सुन ल्याएको आरोपमा पक्राउ परेका चिनियाँ व्यापारीसँग माओवादी नेता कृष्णबहादुर महरा र उनका छोराहरुको पटक पटक टेलिफोन सम्पर्क देखिएको सीआईबीले जनाएको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ३ : ११ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ