सप्तकोशी नदीमा पानीको बहाव घट्दै | Khabarhub Khabarhub

सप्तकोशी नदीमा पानीको बहाव घट्दै


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

इनरुवा – पछिल्लो समय सप्तकोशी नदीमा पानीको बहाव घट्दै गएको छ । आज बिहान ४ लाख ३९ हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेकामा आज साँझ ५ बजे गरिएको मापनअनुसार तीन लाख ५७ हजार क्युसेक प्रतिसकेन्ड पानीको बहाव रहेको सुनसरीका प्रहरी उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

ब्यारेजको ५६ वटै ढोका खोलिएको उनले बताए । आज बिहान ६ बजेको मापनअनुसार चार लाख ५२ हजार सात सय १० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको थियो भने बिहान ८ बजे चार लाख ३९ हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको थियो ।

कोशीमा पानीको बहाव उच्च भए पनि कोशीले पूर्वी तटबन्धमा कुनै क्षति नगरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिए । राजावा, प्रकाशपुर, मधुवन लगायतका पूर्वी तटबन्धमा खतरा नरहेको उनले बताए । ठूला सवारी साधनलाई आलोपालो वारपार गराउँदै आएको छ । कोशीमा सन् १९८९ सालमा चार लाख ७२ हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको थियो ।

यस्तै गत वर्ष साउन १८ गते उदयपुरको बेलका नगरपालिका–८ स्थित जिरो पोइन्टबाट सप्तकोशी नदीको बाढी बस्तीमा पसेको थियो । यस्तै विसं २०६५ भदौ २ गते दिउँसो सप्तकोशी नदीको पूर्वी तटबन्धको मूल फुटेर गाउँमा पानी पस्दा सुनसरीको तत्कालीन पश्चिम कुशाहा, श्रीपुरजब्दी र हरिपुर गाविस पूर्णरुपमा तथा लौकही गाविस आंशिक रुपमा प्रभावित भएका थिए ।

त्यसबेला सात हजार पाँच सय ६३ परिवारका ४२ हजार सात सय ६५ जना स्थानीय विस्थापित भएका थिए । कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार क्युसेक कट्यो भने सचेत गराउन रातोबत्ती बाल्ने गरिएको छ । यस्तै दुई लाख कट्यो भने अर्को बत्ती बालिन्छ भने तीन लाख कटेपछि नदीको बीच भागमा अर्को बत्ती बाल्ने गरिएको छ । ब्यारेजको क्षमता भने नौ लाख क्युसेक प्रतिसेकेन्ड पानीको बहाव धान्न सक्ने रहेको जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  १० : १९ बजे

भक्तपुरस्थित गुण्डुमा एमाले सचिवालय बैठक

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक भक्तपुरस्थित गुण्डुमा सुरु

बुढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौं– आज हरिबोधिनी एकादशीका अवसरमा काठमाडौंको बुढानीलकण्ठ मन्दिरमा बिहानैदेखि भक्तजनको

जोमसोम-कागबेनी सडक खुल्यो

मुस्ताङ– निरन्तरको वर्षाले शुक्रबार बिहानदेखि अवरुद्ध जोमसोम-कागबेनी सडक मर्मतपछि सञ्चालनमा

कृष्णपुरको दोमिल्ला खोलामा पुल नहुँदा स्थानीयलाई सास्ती

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्ला खोलामा पुल नहुँदा स्थानीय बासिन्दा

झापाको चारआली जंगलमा जलेको कारका चालकको शव बिरिङ खोला पुलमुनि भेटियो

झापा– झापास्थित बिरिङ खोलाको पुलमुनि भेटिएको शव  शिवसताक्षी– १० माईधारका