स्पेनिस ला लिगा : एथ्लेटिको मड्रिडको विजयी सुरुवात « Khabarhub

स्पेनिस ला लिगा : एथ्लेटिको मड्रिडको विजयी सुरुवात


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले विजयी सुरुआत गरेको छ ।

गएराति मड्रिडस्थित सिभिटास मैदानमा भएको खेलमा ग्रानाडालाई ३–१ गोलले हराउँदै एथ्लेटिकोले जित निकालेको हो ।

एट्लेटिकोको जितमा एल्भारो मोरटा, मेम्फिस डिपाए र मार्कोस लोरेन्टले एक–एक गोल गरेका थिए । ग्रानाडाका सामुयल ओमोरोडिओनले एक गोल फर्काएका थिए ।

एथ्लेटिकोका एल्भारोले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, ६२ औँ मिनेटमा सैमुअल ओमोरोडियनले गोल गर्दा ग्रानडा १–१ को बराबरी गर्दै खेलमा फर्किएको थियो ।

त्यसपछि दोस्रो हाफको ६७औँ मिनेटमा एथ्लेटिकोका मेम्फिसले गोल गर्दै खेललाई २–१ को स्थितिमा लगे । त्यसपछि अतिरिक्त समयमा मार्कोसले गरेको गोलसँगै एथ्लेटिको मड्रिड ३–१ ले विजयी भयो ।

यो जितसँगै एथ्लेटिकोले ३ अंक बनाएको छ । 

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ८ : २२ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा