पोखरामा विद्यालय जाँदा बेपत्ता भएका तीन बालिका अझै भेटिएनन्  « Khabarhub

पोखरामा विद्यालय जाँदा बेपत्ता भएका तीन बालिका अझै भेटिएनन् 


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरामा घरबाट विद्यालय जाँदा बेपत्ता भएका तीन बालिका अझै भेटिएका छैनन् । यही साउन १९ गते विद्यालय हिँडेका बालिका हराए भएपछि परिवारले खोजीका लागि हारगुहार गरेका छन् ।

पोखरा महानगरपालिका–२ विन्ध्यवासिनीका १४ वर्षीया मनिका, १३ वर्षीया एलिसा  र १४ वर्षीया राधिका परियार सम्पर्कविहीन भएका हुन् । तीनै जना बालिका हालसम्म पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

हराएका बालिकाका आफन्तका अनुसार घरबाट विद्यालय हिँडेका बालिका सो दिन विद्यालय पुगेका थिएनन् । हराएकामध्ये राधिका र मनिका राष्ट्रिय माध्यमिक विद्यालय र एलिसा बरपाटन माध्यमिक विद्यालयमा अध्ययनरत थिए । 

आफन्तले भने दुई बालिकाले फोनमा कुरा गरे पनि कहाँ–कस्तो अवस्थामा रहेको जानकारी नभएको बताएका छन् । राधिका र मनिकाले अभिभावकसँग फोनमा कुरा गरेको बताइन्छ ।

परिवारका अनुसार बालिका हराउँदा बखत विद्यालयको पोशाक सेतो सर्ट र  निलो स्कट लगाएका थिए । प्रहरीका अनुसार हराएका बालिकाका परिवारले घरबाट स्कुल जान्छु भनी हिँडेका र हालसम्म घरमा फर्की नआएका भनी खोजीका लागि प्रहरीमा निवेदन दिएका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ११ : ०७ बजे

ओलीको टिप्पणी : जेलबाट भाग्ने राजीतिका अगुवा भए, सरकारले निष्पक्ष निर्वाचन गराउँदैन

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सन् २०२६

थारु बस्तीमा माघी पर्वको तयारी सुरु

देउखुरी– माघी पर्व नजिकिएसँगै यहाँका थारु बस्तीमा तयारी सुरु भएको

मदुरो वार्ताका लागि खुला, सीआईए हमलाबारे मौन

काराकास- भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले संयुक्त राज्य अमेरिकासँग लागुऔषध तस्करीविरुद्ध

हिमाल हेर्न बेलढुङ्गामा पर्यटक

गलकोट– एक दशकअघि सम्म गुमनाम रहेको बेलढुङ्गा अहिले पर्यटकीय गन्तव्यका

तीन स्थानीय तहमा फोहरमैला व्यवस्थापन नीतिको वैधता प्रक्रिया सम्पन्न

काठमाडौं– युरोपियन युनियनको सहयोगमा सञ्चालित ग्रिनसिफ्ट परियोजना अन्तर्गत तीन स्थानीय