बरामद भएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम « Khabarhub

बरामद भएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले भन्सार कार्यालयबाहिरबाट बरामद भएको सुन ६० किलो ७१६ ग्राम रहेको जनाएको छ ।

मंगलबार महाशाखामा सुनलाई पूर्णरुपमा गाल्दै जर्ती निकालेर जोख्दा ६० किलो ७१६ ग्राम तौल भएको हो । सुन गालिएपछि महाशाखाका निर्देशक थानेश्वर आचार्यले सुन तस्करी काण्डमा टक्सारमा ल्याँउदा १५५ किलो भएकोमा ब्रेक सु र कार्टुनबाट निकाल्दा ६० किलो ७७९ ग्राम भएको र गालेपछि ६० किलो ७१६ ग्राम तौल आएको जानकारी दिए ।

उनले गालिएको सुनलाई ३४ वटा बिस्कुट बनाइएको र जर्ती ७३ ग्राम निस्किएको बताएका छन् । सुन गालिएसंगै अव गुणस्तर परिक्षण हुने उनको भनाइ छ । 

साउन तीन गते राजस्व अनुसन्धान विभागले काठमाडौंको सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो । त्यसपछि उक्त सुनसहितको ‘ब्रेक सु’ टक्सार महाशाखामा राखिएको थियो । सुन तस्करी प्रकरणको सीआईबीले अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ३ : २० बजे

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक धानका

धानका बिरुवासँग किसानका सपना र राष्ट्रको भविष्य जोडिएको छ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक धानका बिरुवासँग

१० हजारले नि हेरेनन् ‘मुन्द्रे’को फिल्म

काठमाडौं – कलाकार जितु नेपाल ‘मुन्द्रे’को लगानी र शीर्ष अभिनय

चितवनमा मनाइयो राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव

काठमाडौं– राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव चितवनमा पनि मनाइएको

मेची राजमार्ग : राजदुवालीको पहिरो जोखिम यो वर्ष पनि उस्तै

मेची राजमार्गको झापा–इलाम खण्डको राजदुवाली पहिरो यो राजमार्गकै सबैभन्दा जोखिमपूर्ण