सभामुख महराले प्रतिनिधिसभाको नियमावली आत्मासात गर्न नसकेको कांग्रेस नेताको आरोप « Khabarhub

सभामुख महराले प्रतिनिधिसभाको नियमावली आत्मासात गर्न नसकेको कांग्रेस नेताको आरोप


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको नियमावलीलाई आत्मासात गर्न नसकेको आरोप लगाएका छन् ।

कांग्रेस सांसद विश्वकर्माले सभामुख महरालाई सरकारको लाचार छाँयाको रुपमा पनि चित्रण गरे । आइतबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रतिनिधिसभा नियमावलीलाई आत्मासात नगरेकै कारण सभामुख महराले मुलुकमा वर्षाले विपत्ति ल्याउँदा पनि जनप्रतिनिधिमूलक थलो प्रतिनिधिसभा बैठक स्थगित गरेको भन्दै आपत्ति जनाए ।

सांसद विश्वकर्माले सभामुख महराले प्रतिनिधिसभा बैठक खोल्न आफ्नो पार्टीले गरेको आग्रहलाई पनि बेवास्ता गरेको दावी गरे । नियमावली अनुसार संसद सूचारु हुनुपर्नेमा सभामुख महराले आफूखुसी संचालन गरिरहेको पनि सांसद विश्वकर्माको दावी छ ।

कांग्रेस सांसद विश्वकर्माले नियमावली अनुसार नै अघि बढेकाले राष्ट्रिय सभा बैठक भने स्थगित नभएको पनि स्मरण गराए । उनले राष्ट्रिय विपत्तिका बेला पनि प्रतिनिधिसभा बैठक आगामी श्रावण ८ गतेसम्म स्थगित हुनु दूर्भाग्य भएको टिप्पणी पनि गरेका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ७ : ४४ बजे

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा

ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार, पुनः आक्रमणको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्धविराम