‘ओह माइ गड २’ लाई विद्यालयमा पनि देखाउनुपर्छ : अक्षय कुमार « Khabarhub

‘ओह माइ गड २’ लाई विद्यालयमा पनि देखाउनुपर्छ : अक्षय कुमार


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउड अभिनेता अक्षय कुमार स्टारर फिल्म ‘ओह माइ गड २’ ले यतिबेला हलमा दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । बक्स अफिस कलेक्सनमा ‘गदर २’ को तुलनामा निकै पछि रहेपनि यसले उठाएको विषयवस्तुलाई दर्शकहरुले रुचाइरहेका छन् ।

अक्षयका साथै पंकज त्रिपाठी र यामी गौतमको मुख्य भूमिका रहेको फिल्मले बलियो ‘वर्ड अफ माउथ’ का कारण दिनानुदिन बक्स अफिसमा कमाइ वृद्धि गरिरहेको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार अमित राय निर्देशित फिल्मले यौन शिक्षाको मुद्दालाई उठाएको छ । यो फिल्मलाई भारतीय सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट ‍दिएको छ । यसैबीच, अभिनेता अक्षय कुमारले ‘ओह माइ गड २’ लाई विद्यालयहरुमा देखाउनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियोमा उनले फिल्मलाई एडल्ट सर्टिफिकेट दिएकोप्रति पनि घुमाउरो ढंगमा असन्तुष्टि जनाएका छन् । उनलाई उद्धृत गर्दै एएनआईले लेखेको छ, ‘कमालको कुरा बताऊँ, यो पहिलो एडल्ट फिल्म हो जो टीनएजरका लागि बनेको छ ।’

‘ओह माइ गड २’ मा अक्षयले भगवान शिवको भूमिका निभाएका छन् । उनी पंकज त्रिपाठीको मद्दतका लागि आउने/जाने गरिरहन्छन् । पंकज यौन शिक्षाको मुद्दाका लागि अदालतमा लडिरहेको फिल्ममा देख्न सकिन्छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ५ : ५३ बजे

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व

मधेश प्रदेशको बजेट आकार ४१ अर्ब १३ करोड ८६ लाख

काठमाडौं– मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ४१ अर्ब

गर्मी बढेसँगै सर्प दंशका बिरामी बढे

जलेश्वर– महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पताल जलेश्वरमा सर्पले

सत्यलाई हतियार बनाएर भ्रम चिर्छौँ, एमालेको विचार हरेक मोबाइल स्क्रिनसम्म पुर्‍याउँछौँ’ : निरज आचार्य

काठमाडौं– नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

प्रत्येक जिल्लमा एउटा विद्यालयलाई नमूना विद्यालय बनाउने

काठमाडौं– मधेश सरकारले मधेसका प्रत्येक जिल्लामा एउटा नमूना विद्यालय बनाउने