बागमतीमा लम्पी स्किन विरुद्धको खोप अभियान सुरु « Khabarhub

बागमतीमा लम्पी स्किन विरुद्धको खोप अभियान सुरु


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

बागमती– बागमती प्रदेशमा पशुचौपायामा लाग्ने लम्पी स्किन रोग विरुद्धको खोप अभियान सुरु भएको छ ।

बागमती प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा प्रदेशका १३ जिल्लामा सो खोप अभियान सुरु भएको जनाइएको छ । तीन दिन अगाडि साताव्यापीरूपमा सञ्चालन भएको खोप अभियानअन्तर्गत विगत तीन दिनमा १३ हजार पाँच सय १६ गाईगोरु तथा बाछाबाछीलाई लम्पी स्किन रोग विरुद्धको खोप लगाइएको सो मन्त्रालयले जनाएको छ । प्रथम दिन चार हजार चार सय ६७, दोस्रो दिन चार हजार छ सय ९४ तथा तेस्रो दिन चार हजार तीन सय ३३ पशुलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ ।

उक्त अभियानअन्तर्गत पहिलो तीन दिनमा सबैभन्दा बढी चितवनका पशुलाई खोप लगाइएको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए। त्यहाँ दुई हजार चार सय ८८ पशुमा लम्पी स्किन विरुद्धको खोप लगाइएको हो । त्यसैगरी मकवानपुरका दुई हजार ४४ पशु, काभ्रेका एक हजार पाँच सय २२, सिन्धुलीका  एक हजार एक सय ९८ पशु, धादिङका एक हजार ५५, काठमाडौँका एक हजार ४२, नुवाकोटका नौ सय ९८, रामेछापका नौ सय ८२, सिन्धुपाल्चोकका आठ सय ५६, रसुवाका पाँच सय ८३, भक्तपुरका पाँच सय ५४, ललितपुरका १७ पशु र दोलखाका ८३ पशुमा लम्पी स्किन रोग विरुद्धको खोप लगाइएको छ ।

भदौ १ गतेसम्म सञ्चालन हुने सो खोप अभियानअन्तर्गत ५० हजार पशुमा लम्पी स्किन विरुद्धको खोप लगाइने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ । सो रोग लागेमा गाईगोरु र बाछाबाछीमा स्वरो आउने, जीउ काँप्ने, छालाको रोग परिवर्तन हुने तथा जीउभरि घाउ, खटिरा हुने, अन्नपानी र दाना नखाने गरेको र त्यस रोगबाट पशुको मृत्यु हुने गरेको बागमती प्रदेशको पशुपक्षी विकास निर्देशनालयका निर्देशक तथा पशु चिकित्सक डा ब्रजकिशोर ठाकुरले बताए । 

छ महिना अगाडि देखापरेको सो रोगको पहिचानमा समस्या रहेको थियो ।  काठमाडौँको त्रिपुरेश्वरको प्रयोगशालाको परीक्षणपश्चात् रोगको पहिचान भई अहिले खोप अभियान सुरु भएको उनले बताए।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ६ : ५० बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६