कैलालीमा गर्मीले सास्ती, १६ दिनदेखि बिजुली छैन | Khabarhub Khabarhub

कैलालीमा गर्मीले सास्ती, १६ दिनदेखि बिजुली छैन


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीमा एकातिर गर्मी छ भने अर्कोतिर बाढीको त्रास छ । वर्षा हुनेबित्तिकै यहाँ बाढी आउने त्रासले नागरिकलाई सताउँछ । गर्मी, बर्खाको समयमा सर्प, किरा फट्याङ्ग्राको डर रहेका बेला बिजुली नहुँदा नागरिकलाई कस्तो समस्या होला ? सहजै अनुमान गर्न सकिन्छ ।

कैलालीको जानकी गाउँपालिका–६ जगतपुरमा १६ दिनदेखि बिजुली छैन । यही साउन १५ गते ट्रान्समिटर पड्‌किँदा जगतपुर गाउँका सयौँ परिवार बिजुलीबाट वञ्चित भएका हुन् । बर्खाको समयमा विद्युत् सेवा नहुँदा अन्धकारमा बस्न बाध्य भएको र दैनिकी कष्टकर बनेको स्थानीय बताउँछन् । बर्खाको समयमा राति बिजुली नहुँदा निकै कठिनाइ भएको नन्दबहादुर न्यौपानेले बताए ।

‘राति अँध्यारोमा सर्प, किराको डर रहन्छ, त्यसैमाथि गर्मीले सुत्न सकिँदैन’, उनले भने, ‘१६ दिन वित्दा पनि बत्ती आउने कुनै टुङ्गो छैन ।’

बिजुली नभएपछि सबैभन्दा बढी समस्या बालबालिका र वृद्धवृद्धालाई भएको छ । ‘मेरा साना दुई बच्चा छन् । रातभरि सुत्न सक्दैनन्, रातभरि गर्मीले छटपटाउँछन्’, स्थानीय समिरा चौधरीले भनिन्, ‘गर्मीले घरमा बस्न सक्ने अवस्था छैन । साह्रै दुःख भयो ।’

जगतपुर गाउँमा करिब आठ सय ५० परिवारले बिजुली उपभोग गर्दै आएका थिए । स्थानीय चौराहामा जडान गरिएको एक सय ६० केभीको ट्रान्समिटर पड्‌किँदा चौराहाभन्दा पूर्वपट्टि गाउँमा विद्युत् सेवा अवरुद्ध छ । 

लामो समयसम्म गाउँमा विद्युत् नहुँदा आफूहरू उज्यालाका लागि टर्च लाइट र मोबाइल चार्ज गर्न छिमेकी गाउँमा पुग्नुपर्ने बाध्यता बनेको स्थानीय मञ्जु न्यौपानेले बताइन् ।

लामो समयदेखि विद्युत् नभएपछि स्थानीयका घरमा रहेका मेसिनरी सामानसमेत बिग्रन थालेका छन् । ट्रान्समिटर पड्किँदा रु तीन लाख ५० हजार मर्मतमा खर्च भइसकेको र १५ दिनको अवधिमा पाँचपटक मर्मत गरी फेरबदलको काम गर्दा पनि समस्या समाधान नभएको सहकारीका सचिव गौरीकान्त न्यौपानेको भनाइ छ । 

    

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  १० : ४५ बजे

अमेरिकाविरुद्ध अर्धशतक बनाउन कप्तान पौडेल एक रनले चुके

काठमाडौं – नेपालका कप्तान रोहितकुमार पौडेलले अमेरिकाविरुद्ध अर्धशतक प्रहार गर्न

दसैँ अवधिभर कोशीमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु

इनरुवा– दसैँमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना

नेपालले अमेरिकालाई दियो १६५ रनको चुनौती

काठमाडौं- नेपालले अमेरिकालाई १६५ रनको चुनौती दिएको छ । टि-२०

म्याग्दीका छ वडामा स्वास्थ्यचौकी भवन निर्माण

गलेश्वर– पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका छवटा वडामा स्वास्थ्यचौकी भवन निर्माण

बुद्धसिंह मार्ग बीस दिनदेखि अवरुद्ध, स्थानीय मारमा

दमौली– बुद्धसिंह मार्गअन्तर्गत नाल्दीघाट खण्ड २० दिनदेखि अवरुद्ध हुँदा सर्वसाधारण