डिभिजन वन कार्यालय चितवनमा ११४ थान मुद्दा दर्ता « Khabarhub

डिभिजन वन कार्यालय चितवनमा ११४ थान मुद्दा दर्ता


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

चितवन– डिभिजन वन कार्यालय चितवनमा गत आर्थिक वर्षमा एक सय १४ थान मुद्दा दर्ता भएका छन् । मुद्दा दर्ता भएकामध्ये एक सय ११ थान काठ तस्करसम्बन्धी र तीन वटा वन्यजन्तुसम्बन्धी मुद्दा रहेका छन् । 

कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार वन्यजन्तुसम्बन्धी मुद्दा तीन वटा दर्ता भएकोमा दुई जना पक्राउ गरी कारबाही गरिएको छ । एक जना फरार रहेको उनले जानकारी दिए। चित्तल मारेको आरोपमा मुद्दा दर्ता गरिएको हो । 

यस्तै कार्यालयले एक सय ११ काठ मुद्दामा एक सय २८ जनालाई पक्राउ गरी कारबाही गरेको छ । साठी जना फरार रहेको उनले बताए । 

डिभिजन वन कार्यालयको क्षेत्रभित्र चोरी गरी लगिएको तीन हजार चार सय १३ दशमलव ४९ क्युफिट काठ बरामद गरिएको छ । काठसँगै बोलेरो, ट्र्याक्टर, पिकअप भेन, अटो, मोटरसाइकल र साइकल गरी १५ वटा सवारी साधन बरामद गरिएको छ । उनीहरूलाई कार्यालयले मुद्दा प्रक्रिया अघि बढाएको छ । 

कार्यालयले गत आवमा पाँच हजार एक सय ८६ दशमलव २८ क्युफिट बेवारिसे काठ बरामद गरेको छ । जिल्लाका विभिन्न क्षेत्रबाट ती काठ बरामद गरिएको हो । खनालका अनुसार काठसँगै साइकल, हातेआराबञ्चरो ७५ थान बरामद गरिएको छ । 

कार्यालयले गत आवमा ५६ वटा वन्यजन्तुको उद्धार गरेको जनाएको छ । उद्धार गरिएका वन्यजन्तुमा अजिङ्गर, गोही, चित्तल, सुनगोहोरो, रतुवा, सालक, मलसाँप्रो, दुम्सी रहेका छन् । सोही समयमा ३२ वटा मृत जनावरको व्यवस्थापन गरिएको छ । पाटेबाघ, जरायो, चित्तल, रतुवालगायतको व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ७ : २३ बजे

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारका लागि संघर्ष : बाढीले थुनिएको बाटो खोलियो

रसुवा– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारका

रसुवामा चिनियाँ जनमुक्ति सेनाका सुरुङ उद्धार विशेषज्ञ, भारत र चीनका टोली जोडिए

काठमाडौं – रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्

रसुवा बाढी : मृतकको संख्या ६२६ पुग्यो

काठमाडौं – रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ। नेपाल

बाढीपीडितका लागि त्रिवि र पोखरा विश्वविद्यालयका कर्मचारीको तलबबाट सहयोग

काठमाडौं – प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि त्रिभुवन

दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने