पाकिस्तानमा हेपाटाइटिसका बिरामीको सङ्ख्या बढ्दै « Khabarhub

पाकिस्तानमा हेपाटाइटिसका बिरामीको सङ्ख्या बढ्दै


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानमा हेपाटाइटिसका बिरामीको सङ्ख्या बढ्दै जान थालेको पाइएको छ । पाकिस्तानबाट प्रकाशित हुने एक्सप्रेस ट्रिब्युनका अनुसार मुलुकमा हेपाटाइटिस बी र सीबाट सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।

पाकिस्तानमा १५ लाख जनामा हेपाटाइटिसको सङ्क्रमण रहेको अनुमान गरिएको छ । यद्यपि पाकिस्तानमा हेपाटाइटिसका धेरै सङ्क्रमितहरु आफूमा यस रोगको सङ्क्रमण रहेकोमा अनभिज्ञ रहेको बताइएको छ । त्यसमा पनि आर्थिक एवम् सामाजिक कारणले धेरै सङ्क्रमितहरु उपचारका लागि अस्पताल जाँदैनन् ।

यसबारे जनचेतनाको आवश्यकता रहेको पोस्ट ग्राजुएट मेडिकल इन्स्टिच्युटका प्राध्यापक अल फरिद जाफरले जनाएका छन् । त्यसबाहेक हेपाटाइटिस रोगबारे विद्यालयको पाठ्यक्रममै समावेश गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ७ : २६ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा